१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

राष्ट्रपति पौडेल आज साँझ जेनेभा जाँदै



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२ औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ स्वीट्जरल्याण्डको जेनेभा तर्फ प्रस्थान गर्ने भएका छन । उनले यही जेठ ३१ गते सो अवसरमा उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा उनले जेठ ३० गते स्वीस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्नेछन । नेपालका राष्ट्र प्रमुख र स्वीस महासङ्घका राष्ट्रपतिबीच यसरी द्विपक्षीय भेटवार्ता हुन लागेको सम्भवतः यो पहिलोपटक भएको बताइएको छ ।

भ्रमणकै क्रममा राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट सङ्घीय गणतन्त्र जर्मनीको बर्लिन प्रस्थान गर्ने मन्त्रालयलका प्रवक्ता अमृतबहादुर राईले राससलाई जानकारी दिए । राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन । उनले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्नेछन ।

राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी सविता पौडेल रहनेछन । प्रतिनिधिमण्डलका अन्य सदस्यहरूमा राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरू, स्वीट्जरल्याण्ड र जर्मनीका लागि नेपाली राजदूतहरू तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू रहनेछन । राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्किनेछन ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ७ : २२ बजे

आचारसंहिता कार्यान्वयन बारे लिखित जवाफ माग

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा निर्वाचनमा आचारसंहिता पूर्ण कार्यान्वयन गर्न

मतदान केन्द्रमा प्राथमिक उपचारको व्यवस्था गर्न निर्वाचन आयोगको पत्राचार

काठमाडौं । देशभरका मतदान केन्द्रमा आवश्यक प्राथमिक उपचारको व्यवस्था गर्न

निर्वाचन विशेष मौसम बुलेटिन : उल्लेखनीय प्रभाव नदेखिने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले निर्वाचनको समयमा यही

प्रतिनिधिसभा सदस्य निर्वाचन : आयोगले पत्ता लगायो ६१२ वटा हानिकारक सूचना

काठमाडौँ । निर्वाचन आयोगमा स्थापना भएको निर्वाचन सूचना सम्प्रेषण तथा

निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउन निर्देशन

पोखरा । गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा