१८ जेष्ठ २०८३, सोमबार | June 1, 2026

नगरस्तरीय अन्तर वडा प्रथम लोकभजन प्रतियोगिताको उपाधी बुटवल वडा नम्बर ५ लाई



बुटवल । बुटवलमा सम्पन्न भएको नगरस्तरीय अन्तर वडा प्रथम लोकभजन प्रतियोगिताको उपाधी बुटवल वडा नम्बर ५ ले हात पारेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनीको आयोजना, प्रतिष्ठान रुपन्देहीको सह-आयोजना र बुटवल उपमहानगरपालिकाको प्रर्वद्धनमा आयोजित उक्त प्रतियोगिताको उपाधी वडा नम्बर ५ ले हात पारेको हो ।

त्यस्तै वडा नम्बर १२ ले द्वितीय स्थान, वडा नम्बर ७ ले तृतीय र वडा नम्बर २ ले सान्त्वना स्थान प्राप्त गरेका छन् । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः ४० हजार, २५ हजार, २१ हजार र १५ हजार रुपैया नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा बुटवल उपमहानगरपालिकाका १५ वटा वडाका समूहबीच प्रतिष्पर्धा भएको थियो ।

प्रतियोगिताको अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले कला संस्कृति राष्ट्रको चिनारी रहेको भन्दै कला संस्कृति र संस्कारको संरक्षण गर्नु हामी सबैका दायित्व भएको बताए ।

लोपोन्मुख अवस्थामा रहेको लोक भजनलाई संरक्षण सम्वद्र्धन गर्ने उदेश्यका साथ उपमहानगरले बजेटको व्यवस्था गरेको भन्दै आगामी वर्षमा पनि उल्लेखनीय बजेटको व्यवस्था गर्ने प्रतिवद्धता जनाए । विशिष्ट अतिथि नगर उप प्रमुख सावित्रादेवी अर्यालले कला संस्कृति हामी सबैको साझा सम्पति भएको भन्दै यसलाई जोगाउनु हामी सबैके कर्तवय रहेको बताईन ।

आयोजक संस्थाका अध्यक्ष दिपु मगरले लोपउन्मुख अवस्थामा रहेको भजनलाई नयां पुस्तामा हस्तान्तरण होस भन्ने उदेश्यका साथ यस कार्यक्रम आयोजना बताउदै आगामी दिनमा पनि यस कार्यक्रमलाई निरन्तरता दिइने बताए । प्रतियोगितामा करिव ६ सय जनाको उपस्थिती रहेको कार्यक्रम संयोजक तथा आयोजक संस्थाका प्रथम उपाध्यक्ष दीपक कार्कीले बताए ।

कार्यक्रममा प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष दुर्गा रायमाझी, लोक भजन चुड्का संरक्षण प्रतिष्ठानका केन्द्रीय अध्यक्ष नारायण लेकाली, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश समितिका निवर्तमान अध्यक्ष डिल्ली नारायण पाण्डेय, निवर्तमान कार्यसमिति सदस्य ओम ज्ञवालीले निर्णायकको र प्रदेश सल्लाहकार राधेश्याम राजभण्डारीले जुरी निर्णयकको भुमिका निभाएका थिए ।

कार्यक्रममा आयोजक संस्थाका वरिष्ठ उपाध्यक्ष दामोदर बस्याल र प्रतिष्ठान रुपन्देहीको प्रथम उपाध्यक्ष रितु थापा लगायतले स्वागत गीत प्रस्तुत गरेका थिए । त्यस्तै विभिन्न कलाकारले सांगितिक प्रस्तुतीमार्फत मनोरन्जन प्रदान गरेका थिए ।

कार्यक्रम सहआयोजक संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीका अध्यक्ष विजय सापकोटाको स्वागत र आयोजक संस्थाका सचिव योगराज पोखरेलको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ३ : ३७ बजे

टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु

दाङ । यहाँको तुलसीपुरमा टिप्परको ठक्करबाट दुई जनाको मृत्यु भएको

जनकपुरधाममा होटल पौवाको १९औं शाखा सञ्चालनमा

जनकपुरधाम । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न प्रहरी अग्रसरता

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले नदीजन्य पदार्थको अवैध उत्खनन

राजधानीमा तीनदिने आदिवासी जनजाति चलचित्र महोत्सव

काठमाडौँ । छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आइतबारदेखि सुरु

रास्वपा सभापति लामिछाने आज भारत भ्रमणमा जाँदै

काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको