१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

आदिवासी चलचित्रहरुको मुख्य उद्देश्य पहिचान, भाषा र सस्कृतिको संरक्षण



बुटवल । मातृभाषाको चलचित्रले समाजको यथार्थपरक विषयलाई उजागर गर्न मद्धत गर्ने सरोकारवालाले बताएका छन् । आदिवासी जनजाति, मातृभाषी चलचित्र प्रवर्द्धन समितिको आयोजनामा एक दिने मातृभाषाको चलचित्र निर्माण, प्रवर्द्धन, सहकार्य र बजारीकरण र सम्मान बिषयक बिचार गोष्ठी तथा अन्तरक्रिया कार्यक्रममा सहभागी बक्ताहरुले आदिवासी चलचित्रहरु सिमीत समुदायमा मात्र नभई देशब्यापी रुपमा बजारिकरण हुनुपर्ने बताए ।

उनीहरुले आदिवासी जनजाति समुदायका कलाकार हुदैनन् , उनीहरुले चलचित्र बनाउन सक्दैनन् भन्ने मान्यतालाई परिवर्तन गर्न सवै लाग्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै प्रमुख आदिवासी जनजाति चलचित्र महासंघका केन्द्रिय अध्यक्ष पुर्णजित राईले मातृभाषाको चलचित्रले समाजको यथार्थपरक विषयलाई उजागर गर्न मद्धत गर्ने बताए । उनले आदीबासी चलचित्रलाई देशव्यापी कसरी गर्न सक्छौ ?, कसरी चलाउन सक्छौ ?, के के गर्दा राम्रो हुन्छ ?, क्षमता बृद्धि कसरी गर्ने ? भन्ने् विषयमा समुदाय स्तरबाट सुझाव लिन अन्तरक्रियाको आयोजना गरिएको बताए ।

नेपाल मगर संघका सह-अध्यक्ष दलबहादुर बिरकट्टा मगरले चलचित्र एउटा सचांरको माध्यम भएको बताउँदै चलचित्रको महत्व बुझाउन आम आदिवासीलाई झक्झकाइ राख्नु पर्ने बताए ।

नेपाल मगर चलचित्र कर्मी संघका अध्यक्ष भिम रानाले बुटवल मगर चलचित्रको राजधानी भएको बताउदै यस क्षेत्रमा गुरुङ, मगर, थारु चलचित्र वनाएर भरपुर फाइदा लिन सकिने उल्लेख गरे ।

गुरुङ भाषा अभियन्ता भिम गुरुङले आदिवासी चलचित्रहरुको मुख्य उद्देश्य पहिचान, भाषा र सस्कृतिको संरक्षण भएको बताए । चलचित्रबाट पनि भाषा संस्कृति बचाउन सकिन्छ कि भनेर आफुले आशिमाला प्रोडक्सन सुरु गरेर आफ्नो मान्छे नामको फिल्म बनाएको बताउँदै उनले नेपालमा सन्देशमूलक चलचित्र बनाउँदा आर्थिक श्रोत जुटाउन असहज अवस्था रहेको अनुभव सुनाए ।

आदिवासी जनजाति मातृभाषी प्रवर्द्धन समितिका संयोजक ज्योतिराज राईको अध्यक्षतामा भएको कार्यक्रममा मगर, गुरुङ, थारु चलचित्रकर्मी तथा वुद्धिजिवीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा मगर भाषाका चलचित्र निर्माता तथा निर्देशक मेक बहादुर पुन, गुरुङ भाषाका चलचित्र निर्माता धन बहादुर गुरुङ र थारु भाषाको चलचित्र निर्माता छबिलाल चौधरी (कोपिला)लाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  १० : ०९ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा