३ असार २०८३, बुधबार | June 17, 2026

गैर आवासीय नेपाली संघद्वारा संचालित एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आइपिओ मंगलबार बाँडफाँड हुने



काठमाडौं । गैर आवासीय नेपाली संघबाट संचालित एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणलाई जारी गरेको साधारण सेयरको बाँडफाँड साउन २७ गते मंगलबार  हुने भएको छ ।

कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटलले मंगलबार विहान ९ बजे सेयर बाँडफाड गर्ने जनाएको हो । कम्पनीले प्रतिकित्ता १०० अंकितका दरले करिब ३४ करोड रुपैंया बराबरको कुल ३३ लाख ९८ हजार ४६ कित्ता साधारण शेयर निष्काशन गरेको थियो।

जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता सामूहिक लगानी कोषको लागि छुट्टाएको थियो भने २ प्रतिशत अर्थात ६७ हजार ९६१ किता शेयर कर्मचारीहरूका लागि छुट्टाएको थियो ।

यस्तै बाँकी ३१ लाख ६० हजार १८३ कित्ता शेयर सर्वसाधारणलाई बिक्री गरेको थियो । साधारण सेयरको लागि ४ लाख २८ हजार १५३ जना आवेदकबाट १ अर्ब ६५ करोड ६७ लाख ६० हजार रुपैयाँ बराबरको आवेदन परेको थियो जसमा १ करोड ६५ लाख ६७ हजार ६०० कित्ताको माग भएको छ। यो माग भन्दा ५.२४ गुणा बढी हो ।

सेयरको माग हेर्दा कम्पनी गैर आवासीय नेपाली संघबाट संचालित भएको हुनाले लगानीकर्ता आकर्षित भएको बुझिन्छ ।

 

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ७ : १७ बजे

राष्ट्रिय सेवा दल तालिम शुभारम्भ

काठमाडौँ । राष्ट्रिय सेवा दलले गत सोमबारदेखि देशभरका २२१ वटा

एल–निनो असर : भित्रिएन मनसुन, सुक्खाको चिन्ता, खडेरीको डर

काठमाडौँ । सामान्यतया जुन १३ मा नेपाल भित्रिने मनसुन यस

विदेशमा पिआर लिएर बसेका कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाहीको सिफारिस

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

बेइजिङ । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप डिपसिकले पहिलो कोष सङ्कलन

‘लुम्बिनी घोषणा पत्र-२०८३’ जारी गर्दै सकियो, विशेषाधिकार समितिको प्रथम राष्ट्रिय सम्मेलन

दाङ । बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सभाका विशेषाधिकार समितिका