१६ फाल्गुन २०८२, शनिबार | February 28, 2026

आज गङ्गा दशहारा पर्व मनाइँदै



महोत्तरी । हिन्दूधर्मका अनुयायी आज गङ्गा दशहारा पर्व मनाउँदैछन् । पुराणअनुसार सत्ययुगमा सूर्यवंशी राजा सगरका छोराहरूको मुक्तिका निम्ति भगीरथले तपस्याद्वारा गङ्गालाई पृथ्वीमा ल्याएको मानिने ज्येष्ठ शुक्ल दशमीका दिन मिथिला क्षेत्रमा यो पर्व मनाइने परम्परा छ ।

गङ्गा स्नान गर्न नसक्नेले नजिकका नदी तथा तलाउमा स्नान गरी यो पर्व मनाउँछन् । सूर्योदयअघि स्नान गरेर आफु नुहाएको जलाशयलाई गङ्गा रूप मानेर पूजाअर्चना गरिन्छ । यसैगरी शिवजीलाई जलाभिषेक गरेर यो दिन उपवास बसे कायिक (शरीरबाट हुने), वाचिक (बोलीबाट हुने) र मानसिक (चेतनाबाट जानाजान हुने) १० प्रकारका महापाप यस दिनको स्नान र उपवासले नास हुने जनविश्वास छ ।

जेष्ठ शुक्ल दशमीका दिन गङ्गा स्नान गरेर व्रत बसी अन्न, द्रव्य दान दिनाले महापातक पाप नास हुने हिन्दू मैथिल जनविश्वास रहेको जलेश्वर-५ पतैलीका मैथिल लोकपरम्पराका जानकार प्राध्यापक ध्रुव राय बताउँछन । आज बिहानैदेखि महोत्तरीका रातु, मरहा, अङ्कुशी र जङ्घासहितका नदी र लक्ष्मीसागर, भार्गव, वरुण, पुरन्दर र ध्रुवकुण्डमा स्नान गर्नेको भीड छ ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ९ : २१ बजे

संखुवासभामा बेलीबृज भाँचिँदा ट्रक अरुण नदी किनारमा खस्यो, चालक घाइते

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका-५ नुमबाट मकालु-२ सेदुवातर्फ जाँदै गरेको

सोमबारदेखि कास्कीमा रात्रिकालीन व्यवसाय गर्न नपाइने

गण्डकी । प्रतिनिधिसभा सदस्य चुनावको सुरक्षा संवेदनशिलतालाई दृष्टिगत गरी आगामी

चुनाव आउँदा पनि रित्तै छ धारापानी, यहाँका जनताले आश्वासन पनि सुन्न पाएनन्

कञ्चनपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा मुलुकका अन्य

मौनअवधिमा यस पटक विशेष निगरानीको व्यवस्था गरिएको छ : आयुक्त राणा

काठमाडौं । निर्वाचन आयुक्त सगुन शम्शेर राणाले निर्वाचनको मौनअवधिमा हुनसक्ने

संयम, विश्वसनीयता र पुस्तान्तरणको बहसबीच उभिएकी उम्मेदवार – कल्पना शर्मा

काठमाडौं । काठमाडौं-५ यतिबेला केवल चुनावी प्रतिस्पर्धाको मैदान मात्र होइन,