२९ चैत्र २०८२, आइतबार | April 12, 2026

दार्जिलिङको नयाँ जलपाईगुडीमा रेल दुर्घटना, ८ जनाको मृत्यु



काठमाडौं । भारतको दार्जिलिङको नयाँ जलपाईगुडी नजिकै एउटा मालगाडी कञ्चनजङ्घा एक्सप्रेससँग ठोक्किएर दुर्घटनाग्रस्त हुदा ९ जनाको मृत्यु भएको छ । भारतीय रेलवे बोर्डले उद्धार कार्य पूरा भइसकेको र अहिलेसम्म मृत्यु हुनेको संख्या आठ पुगेको जानकारी दिएको छ ।

अगरतलाबाट सियालदह जाँदै गरेको १३१७४ नम्बरको कञ्चनजङ्घा एक्सप्रेस नयाँ जलपाईगुडी स्टेशन नजिकै रंगपानीमा मालगाडीसँग ठोक्किएको थियो ।

रेलवे बोर्डले उद्धार अभियान पूर्ण रूपमा सकिएको र अहिलेसम्म दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको जनाएको छ । हाल घाइते ५० जना अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि रेलमन्त्री अश्विनी वैष्णव दार्जिलिङ प्रस्थान गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु, बंगालकी मुख्यमन्त्री ममता बनर्जी र रेलमन्त्रीले यस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

सरकारले मृतकका परिवारलाई १०-१० लाख दिने घोषणा गरेको छ भने गम्भीर घाइतेको उपचारका लागि जनही साढे २ लाख दिने भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । त्यस्तै सामान्य घाइतेलाई जनही ५० हजार दिने केन्द्र सरकारले घोषणा गरेको छ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ३ : ०१ बजे

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

पाल्पा । यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः

राप्रपाभित्र विवाद चर्कियो, लिङ्देन नेतृत्व भंग गर्न असन्तुष्ट पक्षको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक विवाद चर्किएको

कांग्रेस संसदीय दलको नेता वैशाख ४ मा चयन हुने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेता आगामी वैशाख

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग