२९ मंसिर २०८२, सोमबार | December 15, 2025

दार्जिलिङको नयाँ जलपाईगुडीमा रेल दुर्घटना, ८ जनाको मृत्यु



काठमाडौं । भारतको दार्जिलिङको नयाँ जलपाईगुडी नजिकै एउटा मालगाडी कञ्चनजङ्घा एक्सप्रेससँग ठोक्किएर दुर्घटनाग्रस्त हुदा ९ जनाको मृत्यु भएको छ । भारतीय रेलवे बोर्डले उद्धार कार्य पूरा भइसकेको र अहिलेसम्म मृत्यु हुनेको संख्या आठ पुगेको जानकारी दिएको छ ।

अगरतलाबाट सियालदह जाँदै गरेको १३१७४ नम्बरको कञ्चनजङ्घा एक्सप्रेस नयाँ जलपाईगुडी स्टेशन नजिकै रंगपानीमा मालगाडीसँग ठोक्किएको थियो ।

रेलवे बोर्डले उद्धार अभियान पूर्ण रूपमा सकिएको र अहिलेसम्म दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको जनाएको छ । हाल घाइते ५० जना अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि रेलमन्त्री अश्विनी वैष्णव दार्जिलिङ प्रस्थान गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु, बंगालकी मुख्यमन्त्री ममता बनर्जी र रेलमन्त्रीले यस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

सरकारले मृतकका परिवारलाई १०-१० लाख दिने घोषणा गरेको छ भने गम्भीर घाइतेको उपचारका लागि जनही साढे २ लाख दिने भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । त्यस्तै सामान्य घाइतेलाई जनही ५० हजार दिने केन्द्र सरकारले घोषणा गरेको छ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ३ : ०१ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले