२० मंसिर २०८२, शनिबार | December 6, 2025

धुलिखेल-खावा सडकः पानी पर्ने बित्तिकै आवातजावतमा सास्ती



काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गतको निर्माणाधीन काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडक खण्डमा आज बिहान करिब दुई घण्टा सवारीसाधन रोकिनुप¥यो । स्तरोन्नतिका लागि निर्माणाधीन सडकमा पानी परेका कारण हिलो–लेदो माटोमा मालवाहक गाडी फसेपछि ‘ट्राफिक–जाम’ हुँदा राजमार्गमा काठमाडौँबाट सिन्धुपाल्चोक, दोलखा र रामेछापसम्म पुग्नेलगायत आकस्मिक यातायातका साधन रोकिएका हुन् ।

चार किलोमिटर लम्बाइको सो सडकखण्डको ३२ किलो भन्ने स्थानमा माथिबाट लेदो बग्दा सडक अवरुद्ध हुँदा आवागमनमा कठिनाइ भएको हो । लेदो पन्छाएर एकतर्फी रुपमा सवारी सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी सूर्य सेढाइँले जानकारी दिए। समयमै निर्माण सम्पन्न नहुँदा यस राजमार्ग भएर गुड्ने सवारीका यात्रुले दुई वर्षदेखि निकै सास्ती खेप्दै आउनुपरेको छ । निर्माणाधीन सडकखण्डको समयसीमा २०८० चैत १९ गते सकिएपछि केही महिना समय थपेर पुनः निर्माणको काम थालिएको हो ।

पाँचखालबाट सार्वजनिक यातायातमा बनेपा आएका केदार ढुङ्गानाले करिब दुई घण्टा सडकजाममा परेको गुनासो गरे। “उक्त सडकखण्ड निर्माणको काम छिटो नसकिए वर्षामा यो बाटोमा निकै गाह्रो हुन्छ”, उनले भने। यस्तै राजमार्गमा चल्ने दुईपाङ्ग्रे सवारीका साधनलाई सो खडकखण्ड पार गर्न निकै हम्मेहम्मे पर्दछ । सडक निर्माणको काम समयमा नसकिँदा पुनःनिर्माणका लागि भत्काइएको सडकमा सयौँ दुर्घटना हुँदा यात्री घाइते भएका छन् । सडकखण्ड निर्माणलाई तीव्रता दिन गत जेठ महिनामा दुईपटक करिब एक हप्ता राजमार्ग बन्द गरिएको थियो । सो सडकखण्ड पक्की बनाउन हाल धुलिखेलतर्फबाट बेस, सब–बेस हाल्ने काम सुरु भएको छ भने अन्य स्थानमा नाली तथा ड्रेन–वाल लगाउने काम भइरहेको छ । सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर मेघराज मरासिनीले निर्माणको कामलाई तीव्रता दिन कार्यालयले ताकेता गरिरहेको बताए।

सो सडकखण्ड स्तरोन्नतिसहित विस्तारका लागि सडक डिभिजन कार्यालय र निर्माण कम्पनीबीच २०७९ जेठ २० गते २२ महिनामा सम्पन्न गर्नेगरी रु २० करोड १९ लाख ४६ हजार पाँच सय एकमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । समयसीमासम्म २० प्रतिशत मात्रै काम भएको मात्रै डिभिजन कार्यालयले जनाउँदै आएको छ । केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्र गर्न लागिएको हो ।

उक्त सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई दृष्टिगत गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र आस्फाल कालोपत्र गर्ने योजना बनाएको छ । अरनिको राजमार्ग हुँदै नेपालको चीनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी पुग्ने यही सडक हो । रासस

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  १ : ०१ बजे

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी