१५ चैत्र २०८२, आइतबार | March 29, 2026

कर्मचारीको आन्दोलनले संसद बैठक प्रभावित



काठमाडौं । संघीय संसदका कर्मचारीको आन्दोलनले प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ । कर्मचारीको लगातारको आन्दोलनका कारण आज बिहान ११ बजेका लागि बोलाइएको बैठक अबेरगरि सुरु भएको छ ।

अतिरिक्त समय काम गरेको पारिश्रमिक पाउनु पर्ने लगायतका माग अघि सार्दै सङ्घीय संसदका कर्मचारीहरू १२ दिनदेखि आन्दोलनमा छन् ।

आज बिहान मात्र उनीहरुको माग सम्बोधनको विधि तय गर्न कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्त्वमा समिति गठन भएको छ । गठित समितिमा मन्त्री गिरीसँगै संसद्का महासचिव पद्म प्रसाद पाण्डेय र अर्थसचिव मधु मरासिनीलाई जिम्मा दिइएको छ ।

सरकारले आइतबारको प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट आश्रित विधेयकहरु पारित गर्ने कार्यसूची बनाएको छ । मन्त्रालयगत छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिएपछि ती विधेयकहरु पारितको कार्यसूची छ ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  १२ : ५९ बजे

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

म्याग्दी । पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी

अध्यक्ष ओलीको रिहाइ माग्दै एमालेद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी अध्यक्ष केपी

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम । जिल्लाको फेदाप गाउँपालिका-१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन

अबरुद्ध बिपी राजमार्गमा बिहानदेखि यातायात सञ्चालनमा

काभ्रेपलाञ्चोक । शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण

भोजपुरका किसान चैतेधान रोप्नमा व्यस्त

भोजपुर । भोजपुरका ग्रामीण भेगका किसान यतिबेला चैतेधान रोप्नमा व्यस्त