२७ बैशाख २०८३, आइतबार | May 10, 2026

मकवानपुरमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, चार जना अस्पताल भर्ना



हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा जङ्गली च्याउ खाएर एकै परिवारका पाँच जना बिरामी परेका छन्, जसमध्ये एक जनाको मृत्यु भएको छ । स्थानीय बल बहादुर प्रजाले ५५ वर्षीय जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएपछि उनी र उनका परिवारका सदस्यहरू बिरामी परेका थिए ।

मकवानपुर प्रहरीका अनुसार, बल बहादुर प्रजाको अवस्था गम्भीर थियो र उनलाई उपचारका लागि चितवन लगिएको थियो । तर, भरतपुर अस्पतालमा उपचारको क्रममा आइतबार बेलुका ६:३५ बजे उनको मृत्यु भएको डाक्टरले घोषणा गरे ।

अन्य बिरामीहरूमा प्रजाकी ४५ वर्षीया श्रीमती जालिमाया प्रजा, १५ वर्षीया छोरी रेन्जु प्रजा, ८ वर्षीया छोरी सविना प्रजा र १० वर्षीय छोरा सुशल प्रजा रहेका छन् । उनीहरू सबैको अवस्था मध्यम रहेको र चितवनमा उपचार भइरहेको बताइएको छ ।

घटनाको जानकारी पाएपछि प्रहरी सहायक निरीक्षक बृज किशोर साह गोढको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । घटनास्थल प्रहरी चौकी कान्द्राङबाट करिब ७ घण्टा पैदल दूरीमा रहेको छ ।

यस घटनाले जङ्गली च्याउ खानुको जोखिमबारे सचेत गराएको छ । स्थानीय अधिकारीहरूले जनतालाई अपरिचित जङ्गली च्याउहरू नखान सावधान गराएका छन् । प्रहरीले यस घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ७ : १६ बजे

कम्युनिस्ट एकताको आवश्यकता बढ्यो : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

झापा । जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

पार्टी प्यालेसको विषाक्त खानाका कारण ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

चितवन । भरतपुर महानगरपालिका-४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको

लम्की-टीकापुर-खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

कैलाली । हुलाकी राजमार्गअन्तर्गत कैलालीको लम्की–टीकापुर–खक्रौला सडकको काम सम्पन्न नहुँदा

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

चितवन । चीन सरकारको सहयोगमा निर्मित बिपी कोइराला स्मृति क्यान्सर