१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

श्रष्टा बानियाँलाई सूर्यनारायण पुरस्कार अर्पण



म्याग्दी । मदन पुरस्कार विजेता ‘महारानी’ उपन्यासका लेखक चन्द्रप्रकाश बानियाँलाई ‘सूर्यनारायण पुरस्कार’ अर्पण गरिएको छ । सूर्यनारायण पुरस्कार संस्थाद्वारा सोमबार बेनीमा आयोजित कार्यक्रममा प्राध्यापक डा कर्णबहादुर बानियाँ र संस्थाका अध्यक्ष सुवर्णकुमार श्रेष्ठले श्रष्टा बानियाँलाई नगद रु २५ हजार, कदरपत्र प्रदान गर्नुका साथै दोसल्लो ओढाएर सम्मान गरे ।

समाजसेवी सूर्यनारायण श्रेष्ठको स्मृतिमा उनका परिवारले स्थापना गरेको संस्थाले हरेक दुई-दुई वर्षमा नेपाली लोक संस्कृति, कला र साहित्यको श्रीवृद्धि गर्न योगदान गर्ने म्याग्देलीलाई सो पुरस्कार अर्पण गर्दै आएको छ । विसं २०८० को पुरस्कार बानियाँलाई प्रदान गरिएको हो ।

श्रष्टा बानियाँद्वारा लिखित महारानी उपन्यासले २०७८ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो । विसं २०४८ मा म्याग्दी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका बानियाँले साहित्यिक क्षेत्रमा पुर्याएको योगदानस्वरुप पुरस्कृत गरिएको सूर्यनारायण पुरस्कार संस्थाका सचिव अजयमिलन श्रेष्ठले बताए ।

बानियाँले ‘ऐतिहासिक पर्वत राज्य-२०६५’, मृत्य संस्कार-२०७५, महारानी २०७६, मौज्याह निबन्ध सङ्ग्रह २०७७, माकुराको पुनर्जन्म २०७८, चौबिसी राज्य पर्वत २०७९, पुला र पुलस्त्य पुस्तक लेखेका छन । ऐतिहासिक विषयसँग सम्बन्धित बानियाँका पुस्तकमा म्याग्दीको सामाजिक, राजनीतिक, आर्थिक, भौतिक, सांस्कृतिक, सामरिक अवस्थालाई चित्रण गर्दछ । संस्थाले २०४९ सालदेखि हालसम्म १८ जनालाई पुरस्कार प्रदान गरेको छ ।

भैरवबहादुर श्रेष्ठ (२०४९), टीकाबहादुर श्रेष्ठ (२०५०), दीपबहादुर खड्का (२०५२), धनकुमारी थापा (२०५३), रत्नप्रसाद श्रेष्ठ (२०५४), ठाकुरप्रसाद पराजुली (२०५६), वीरबहादुर कार्की (२०५८), खड्ग गर्बुजा (२०६०), होमनाथ सुवेदी (२०६२), लक्ष्मीप्रसाद श्रेष्ठ (२०६४), अबिरकुमार श्रेष्ठ (२०६६), ध्रुवलाल शर्मा (२०६८), अङ्गद श्रेष्ठ (२०७०), खगेन्द्रमिलन श्रेष्ठ (२०७२), डा कर्ण बानियाँ (२०७४), तुलप्रसाद श्रेष्ठ (२०७६) र प्रकाशकुमार श्रेष्ठ (२०७८) मा पुरस्कृत भएका थिए । पुरस्कार वितरण समारोहमा अजयमिलन श्रेष्ठद्वारा लिखित सत्र सूर्य पुस्तकको विमोचन गरिएको थियो ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ७ : ५० बजे

टी-२० विश्वकप सुपर-८ मा आज निर्णायक खेल, भारत र वेस्ट इन्डिजमध्ये एक सेमिफाइनलमा पुग्ने

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर-८ चरणमा आइतबार

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ भक्तपुरबाट पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा

रुपन्देहीमा यस्तो छ निर्वाचनको तयारी

लुम्बिनी । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

मध्यपूर्वको मिसाइल आक्रमणले चिन्तित बने ओली, ‘नेपालीको सुरक्षाले निद्रा हरायो’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

सार्वजनिक स्थानमा होली नखेल्न प्रशासनको आग्रह

कञ्चनपुर । होली पर्वका अवसरमा अमर्यादित, उच्छृङ्खल, अवाञ्छित तथा गैरकानुनी