२३ चैत्र २०८२, सोमबार | April 6, 2026

प्रभु बैँक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच छुट सम्झौता



काठमाडौं । प्रभु बैँकका कर्मचारीहरुलाई लक्षितगर्दे हरिसिद्धि, ललितपुर मा अवस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरसँग विभिन्न सेवा सुविधामा विशेष छुट दिने सम्झौता भएको छ ।

एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट बाग्मती प्रदेश–३ का प्रमुख राजु के.सी.र शाखा प्रबन्धक अमित बज्राचार्यद्घारा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैँक लि.का कर्मचारीहरुले कर्मचारी मान्य परिचयपत्रको आधारमामा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको विभिन्न सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।

उक्तm समारोहमा बिशेष गरी महिला कर्मचारीहरुलाई लक्षित गरि स्तन र पाठेघर सम्बन्धि क्यान्सर बारे जानकारी गराईएको थियो । स्तन सम्बन्धि क्यान्सरका डा.प्रफुल्ल शाक्य र पाठेघर सम्बन्धि क्यान्सरकी डा.अनु बज्राचार्य ले चेतना मुलक सन्देश प्रस्तुत गरेका थिए भने सो समारोहमा महिला कर्मचारीहरुको उल्लेखनीय सहभागिता समेत रहेको थियो ।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हाल सालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरु, २८६ एटीएम साथै बैंकले ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ । प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । प्रभु बैँक, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित समेत भएको छ ।

 

 

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ६ : ०६ बजे

बैंक तथा वित्तीय संस्थाहरू पनि शनिबार र आइतबार बन्द हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि

२ हजार ६ सय रुपैयाले घट्यो सुनको मूल्य

काठमाडौं । सोमबार सुनको भाउ तोलामा २ हजार ६ सय

बागमती प्रदेशसभा चैत २४ गते बस्ने

मकवानपुर । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन भोलि चैत २४ गते

नेपालगन्ज–गुलरिया सडकको पेडारी नालामा पुल बनेपछि सास्ती हट्यो

नेपालगन्ज । नेपालगन्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा

हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा

काठमाडौं । हुलाकमार्फत विदेश पठाइने र विदेशबाट आयात भएका मालवस्तु