१३ बैशाख २०८३, आइतबार | April 26, 2026

मन्त्रीले सांसद पर्खनुपरेपछि संसदीय समिति बैठक प्रभावित



काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका गणपूरक सदस्यहरु निर्धारित समयमा उपस्थित नहुँदा आजको बैठक एक घण्टापछि सुरु भएको छ।

बैठकका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ भने ठिक समय (बिहान ७ः३०) बजे समितिको सभाकक्ष, सिंहदरबारमा उपस्थित भएकी थिइन ।

निर्धारित समयमा २४ सदस्यीय समितिका सभापति अम्बरबहादुर थापासहित छ सांसद मात्रै उपस्थित भएपछि बैठक सुरु हुनसकेन । ‘नेपाल विश्वविद्यालय सम्बन्धमा व्यवस्था गरेको विधेयक’माथिको छलफलका लागि राखिएको बैठकमा १०ः३० बजेपछि समितिका लागि शिक्षामन्त्री श्रेष्ठले आफ्नो अन्यत्र बैठक रहेकाले जान अनुमति माग्दा सभापति थापाले मन्त्री र सांसदहरुको समय मिलाउन आफूलाई हम्मेहम्मे पर्ने गरेको दुःखेसो गरे ।

“म यो विधेयक छिटो पारित गरेर विद्यालय शिक्षासम्बन्धी विधेयकमा छलफलमा जाउँ भन्ने सोचेको हो तर सोचे जस्तो भइरहेको छैन ।’’, सभापति थापाले भने, “समयप्रति सबैले उत्तिकै चासो र गम्भीरता देखाउन आवश्यक छ ।’’

समितिको आजको बैठकमा उक्त प्रस्तावित विश्वविद्यालयका लागि कुलपति प्रधानमन्त्री राख्ने नराख्ने, उपकुलपतिका अधिकार कसरी व्यवस्थित गर्ने भन्ने लगायत विवाद भएको थियो । उक्त विवादलाई आपसी छलफल गरेर सहमतिको खाका पेस गर्न समितिले सदस्य विद्या भट्टराईलाई जिम्मेवारी दिएको छ । राष्ट्रियसभाबाट पारित सो विधेयकको दफा २८ सम्म छलफल भएको छ ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ११ : ५६ बजे

पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए

झापा । पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक

गैरीगाउँ-सिनामङ्गलमा घरटहरा हटाउने कार्य निरन्तर

काठमाडौं । काठमाडौं महानगरपालिका-९ अन्तर्गत गैरीगाउँ-सिनामङ्गल क्षेत्रमा अतिक्रमण गरी निर्माण

बुटवलको ट्राफिकचोकमा कुसुम अर्गानिक कोशेली घर सञ्चालन

बुटवल । पहाडका अर्गानिक उत्पादन शहरबासीलाई खुवाउने उद्देश्यसहित बुटवलको ट्राफिकचोकमा

उपभोक्ता सचेतना तथा अभिमुखीकरण कार्यक्रम

बुटवल । उपभोक्ता हित संरक्षण मञ्च, रुपन्देहीको आयोजनामा आइतबार बुटवलमा

सुकुम्बासी बस्तीका घरपालुवा तथा बेवारिसे जनावरको संरक्षणमा संघसंस्थाको सक्रियता

काठमाडौं । सुकुम्बासी बस्तीमा रहेका घरपालुवा तथा बेवारिसे जनावरहरूको संरक्षण