२२ असार २०८३, सोमबार | July 6, 2026

श्रममन्त्रीको पुतला दहन



काठमाडौं । प्रभु साह नेतृत्वको आमजनता पार्टी निकट आईटी आर्मीका कार्यकर्ताहरूले शुक्रवार काठमाडौं स्थित श्रम तथा रोजगार मन्त्रीको पुतला दहन गरेको छ ।

आर्मीका केन्द्रीय अध्यक्ष चन्द्रभुषण साहको नेतृत्वमा गएको नेता कार्यकर्ताहरुले बैदेशिक रोजगारका पीड़ितहरुको न्यायको माग गर्दै श्रममन्त्रीको पुतला जलाएका हुन्। बैदेशिक रोजगारका पीड़ितलाई न्याय दिलाउन आईटी आर्मीले झण्डै दुई हप्ता देखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएको छ । आन्दोलन संगै उनीहरू बैदेशिक रोजगार बिभागमा लगातार धर्ना एवं घेराउ कार्यक्रम गर्दै आएका छन।  तर आन्दोलनको सरकार माथि कुनै असर परेको देखिएन।

बिदेश जाने युवाहरु सँग बिना रसीद मोटो रकम ठगी गर्ने म्यानपावर, दलाल,लाई कारवाई गर्नुको सट्टा सरकारले अल्टै आन्दोलनकारीलाई ह्रासमेण्ट गर्ने कार्य सही हैन । यसमा सम्माननीय प्रधानमन्त्रीको समयमा ध्यान जाओस आमजनता पार्टीका अध्यक्ष प्रभु साहले बताएका छन।

बैदेशिक रोजगारीमा जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र ऐजेंटलाई कारवाही गर्नुपर्ने, बेरोजगार युवाहरुलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अल्पत्र परेकाहरुको उद्दार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाई गर्नुपर्ने, फ्री भिसा फ्री  टिकट व्यवहारतः लागू गर्नुपर्ने, नीजी मेनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने लगायतका माग सरकारले सम्बोधन नगरेकाले आन्दोलन गर्नुपरेको आई टी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले बताउँदै आएका छन्।

अहिले बैदेशिक रोजगारको नाउँमा‘लाखौं लाख युवासँग खर्बौैं रकम ठगी भइरहेको छ । ५, १० हजारको नाममा २ लाख, ५ लाख, १० लाख गरी लाखौंलाख अवैध असुली भइरहेको छ । विगत लामो समयदेखि भइरहेको असुलीलाई हामी रोक्न चाहन्छौं । असुली भएको रकम फिर्ता गराउन चाहन्छौं’ अध्यक्ष साहले भनेका छन।

यस अघि आईटी आर्मीले ११ बुँदे माग सहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका साथै बैदेशिक रोजगार विभागलाई ज्ञापन पत्र समेत बुझाईसकेको छ ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ५ : ०१ बजे

सार्वजनिक स्थलमा महिलासामु अश्लील हर्कत गरेको आरोपमा शिक्षा अधिकृत पक्राउ

काठमाडौं । सार्वजनिक स्थलमा एक महिलासामु अश्लील हर्कत गरेको आरोपमा

बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक

नेपालगन्ज । कानुनी विवादमा परेका बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा,

भन्सार सुधारका लागि एडीबीले नेपाललाई ५ करोड अमेरिकी डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मसातो कान्डाले नेपालको

२६ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज (साम्पाङ)राईले संविधानका आधारभूत