९ पुस २०८२, बुधबार | December 24, 2025

रास्वपाले महामन्त्री ढकाललाई पार्टीले सोध्यो स्पष्टीकरण



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगले पार्टी महामन्त्री मुकुल ढकाललाई स्पष्टीकररण सोधेको छ । महामन्त्री ढकालले पेश गरेको प्रतिवेदन मिडियामा सार्बजनिक गरेको भन्दै उनलाई स्पष्टीकरण सोधिएको हो ।

महामन्त्री ढकालले देशका ३८ जिल्ला घुमेर १ महिना लामो समीक्षा यात्रापछि बुधबार ३२ पेजको प्रतिवेदन पार्टी सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बुझाएका थिए ।

ढकालले आफ्नो प्रतिवेदन पार्टीलाई बुझाउनु अघि नै मिडियामा प्रचारबाजी गरेको भन्दै पार्टी भित्र व्यापक विरोध भइरहेको छ ।

उनले प्रतिवेदनमा रास्वपाले बेलैमा कठोर निर्णय नलिएमा केही समयमा नै पार्टी विवेकशीको हालतमा पुग्ने, तत्काल सरकारबाट हट्नुपर्ने, एमाले माओवादीसँगको साँठगाँठ त्यागेर काठमाडौंका मेयर बालेन हाल र धनगढीका मेयर गोपी हमालसँग मिल्नुपर्ने सुझाव दिएका थिए ।

आयोगले महामन्त्री ढकाललाई शुक्रबार स्पष्टीकरण पत्र दिइएको बताइएको छ ।

तर महामन्त्री ढकालले आफुलाई सभापतिले अहिलेसम्म स्पष्टीकरण नसोधेको बताएका छन् । उनले भनेका छन्-‘मलाई अहिलेसम्म पार्टी सभापतिले स्पष्टीकरण सोध्नुभएको छैन ।’

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ९ : २७ बजे

बुटवल औद्योगिक प्रदर्शनीको पहिलो सातामै एक लाख अवलोकनकर्ता, ८ करोडको कारोबार

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीको पहिलो सातामै करिब एक

उज्यालो नेपाल पार्टीले पुसभित्र कुलमान घिसिङको उपस्थितिमा रुपन्देहीमा विशेष कार्यक्रम गर्ने

बुटवल । उज्यालो नेपाल पार्टी रुपन्देहीले पुस महिनाभित्र ऊर्जा क्षेत्रका

छ वटा राजनीतिक दल खारेज

काठमाडौं । निर्वाचन आयोगले तोकिएको जरिवना नबुझाएका छ वटा राजनीतिक

अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको मृत्यु

बुटवल । अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको

पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा जाने नेपाली टोलीलाई तिलोत्तमा नगरद्वारा राष्ट्रिय झण्डा प्रदान

रुपन्देही । भारतको पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन