९ पुस २०८२, बुधबार | December 24, 2025

एकीकृत समाजवादीको महाधिवेशन सुरु, एमाले अनुपस्थित



काठमाडौं । नेकपा एकीकृत समाजवादीको महाधिवेशन सुरु भएको छ । भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा महाधिवेशन सुरु भएको छ । काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा अध्यक्ष माधवकुमार नेपालले रिमोर्ट थिचेर महाधिवेशनको औपचारिक उद्घाटन गरेका छन्।

महाधिवेशनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सीके राउत, उपेन्द्र यादव, रवि लामिछानेलगायत पुगेका छन् । यता प्रमुख सत्तारुढ दल नेकपा एमालेबाट भने कुनै पनि नेता उपस्थित भएका छैनन् ।

असार १६ देखि २० गतेसम्म काठमाडौंमा आयोजना हुने महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न संगठनबाट एक हजार आठ सय प्रतिनिधि छानिएका छन् । यी प्रतिनिधिहरुले वरिष्ठ उपाध्यक्षसहित २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छन् ।

नेकपा एमालेबाट अलग भएर गठन गरिएको एकीकृत समाजवादीले पहिलो पटक महाधिवेशन गर्न लागेको हो । पार्टीले एमालेकै निरन्तरताबाट एकीकृत समाजवादी जन्मेको हुनाले यस महाधिवेशनलाई दशौं महाधिवेशन भनेको छ ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ३ : १९ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना