९ पुस २०८२, बुधबार | December 24, 2025

कांग्रेसद्वारा निर्देशक समिति गठन



काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशन सम्पन्न नगरेका पार्टीका भातृ सङ्घहरूको महाधिवेशन सम्पन्न गर्नरगराउन सोमबार फरक भातृ सङ्घका लागि अधिकारसम्पन्न फरक-फरक निर्देशक समिति गठन गरेको छ ।

निर्देशक समितिले भातृ सङ्घको महाधिवेशन सम्पन्न गर्न अविलम्ब कार्यतालिका निर्माण गर्ने/गराउने छन् भने विधानमा समयानुकूल परिमार्जनदेखि आन्तरिक समस्याहरूको वस्तुगत विश्लेषण गरेर निकासका लागि आवश्यक समन्वय र सहजीकरण गर्नेछन् ।

पार्टी सभापति शेरबहादुर देउवाले निर्देशक समितिहरूलाई विसं २०८१ चैत मसान्तसम्म अनिवार्य रूपमा महाधिवेशन सम्पन्न गर्नेगरी कार्यादेश दिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सो अवधिसम्मका लागि सङ्घका तदर्थ कार्यसमितिहरूको समयावधि थप गरिएको छ ।

पार्टी केन्द्रीय कार्यसमितिको आगामी बैठकमा अनुमोदनका लागि पेस गर्ने गरी उक्त निर्णय नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दल, नेपाल महिला सङ्घ, नेपाल किसान महासङ्घ, नेपाल दलित सङ्घ, नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ, नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल भूतपूर्व सैनिक सङ्घ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्गता सङ्घ र नेपाल थारू सङ्घको हकमा लागू हुने उनले जानकारी गराए ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ७ : २० बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना