११ पुस २०८२, शुक्रबार | December 26, 2025

रास्वपाको केन्द्रीय समिति बैठक शुरु

मुकुल ढकाल कालो टेप लगाएर बैठकमा !



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक शुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी बैठकमा समसामयिक राजनीति र पार्टी महामन्त्री मुकुल ढकालको समीक्षा प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

बैठक बिहान साढे आठ बजेदेखि सुरू भएको हो। महामन्त्री ढकालले केन्द्रीय कमिटीको बैठक लाइभ गर्न माग गरे पनि सभापति रवि लामिछानेले सुनावाइ नगरेपछि उनले कालो टेप लगाएर बैठकमा उपस्थिती जनाएको बताइएको छ ।

महामन्त्री ढकालले ३९ जिल्ला घुमेर पार्टी संकटपूर्ण अवस्थामा रहेको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाएका थिए।

महामन्त्री ढकालले बुझाएको ३२ पृष्ठ लामो प्रतिवेदनमा पार्टीको जनाधार खस्कँदै गएको र यस्तै अवस्था रहे आउँदो निर्वाचनमा राष्ट्रिय पार्टी बन्नसमेत कठिन हुने निष्कर्ष प्रस्तुत गरिएको छ।

त्यसपछि रास्वपाले केन्द्रीय कमिटी बैठक डाकेर प्रतिवेदनमाथि छलफल थालेको हो।

कांग्रेस–एमालेले सत्ता गठबन्धन गरेपछि सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रसँगै साझेदार रास्वपा प्रतिपक्षमा आउने निश्चित भएको छ ।  रास्वपाले कांग्रेस-एमाले गठबन्धनमा नजाने यस अघि नै निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  १० : २० बजे

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै

काठमाडौं । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’

पशुपतिनाथमा धनुर्मास पूजा

काठमाडौं । सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर