२३ चैत्र २०८२, सोमबार | April 6, 2026

मधेश सरकारबाट माओवादी र एकीकृत समाजवादी बाहिरिदै



जनकपुरधाम । मधेश प्रदेशका ६ मन्त्रीले राजीनामा दिने भएका छन् । मधेश प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका मन्त्रीले राजीनामा दिन लागेका हुन् ।

माओवादीबाट अर्थमा भरत प्रसाद साह, पर्यटनमा समिर भट्टराई, एकीकृत समाजवादीबाट गोविन्द न्यौपाने कृषि , बेचि लुङ्गेली श्रम तथा यातायात मन्त्री छन् । यस्तै नेपाल संघीय समाजवादी पार्टीबाट गृहमन्त्री रहेकी विमला अन्सारी र नागरिक उन्मुक्तिबाट श्रम तथा यातायात मन्त्री रहेकी उर्मिला देवी सिंह चौधरीले पनि राजीनामा दिन लागेका छन् ।

केन्द्रमा कांग्रेस र एमालेबीच सरकार बनाउने सहमति भएपछि त्यसको असर प्रदेशमा देखिएको हो । कांग्रेस र एमालेबीच मधेश प्रदेश सरकारको नेतृत्व मधेश केन्द्रित दललाई दिने सहमति भएका मधेश प्रदेशमा जनमत पार्टीकै नेतृत्वको सरकार रहने देखिएको छ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  १२ : ५२ बजे

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन । यहाँ उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

आजको मौसम : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको