१० भदौ २०८३, बुधबार | August 26, 2026

मधेश सरकार गठनसम्बन्धी रिटको सुनुवाइ संयुक्त इजलासमा



काठमाडौं । मधेस प्रदेश सरकार गठनसम्बन्धी विवादमा परेका रिटहरूको आज सर्वोच्च अदालतमा सुनुवाइ हुन लागेको छ।

न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा तीन अलग–अलग रिटलाई एकैसाथ राखेर सुनुवाइ हुन लागेको हो ।

यसअघि मंसिर २ गते सर्वोच्चले विपक्षी पक्षलाई मंसिर ९ गतेभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो। अदालतले मंसिर ११ गतेदेखि अन्तिम सुनुवाइ सुरु गर्ने जनाएको थियो।

मधेस प्रदेशसभाका ७४ जना सांसदले संविधानको धारा १६८ (३) अनुसार सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्ने तत्कालीन प्रदेश प्रमुखको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सर्वोच्चले पहिलो चरणमै मुख्यमन्त्री यादवलाई मुद्दाको टुंगो नलागेसम्म नीतिगत तथा दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

कात्तिक २४ गते तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बिहान झिसमिसेमै बर्दिबासस्थित एउटा होटलमा यादवलाई शपथ गराएपछि विरोध भएको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  ११ : ५७ बजे

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना छैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ । कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला रु

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके । भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय

उत्तिसको गोलिया काठ बरामद

खोटाङ । डिभिजन वन कार्यालय खोटाङले अवैधानिक रुपमा निकासी गर्न

हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए

चितवन । यहाँस्थित कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत