५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

मधेश सरकार गठनसम्बन्धी रिटको सुनुवाइ संयुक्त इजलासमा



काठमाडौं । मधेस प्रदेश सरकार गठनसम्बन्धी विवादमा परेका रिटहरूको आज सर्वोच्च अदालतमा सुनुवाइ हुन लागेको छ।

न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा तीन अलग–अलग रिटलाई एकैसाथ राखेर सुनुवाइ हुन लागेको हो ।

यसअघि मंसिर २ गते सर्वोच्चले विपक्षी पक्षलाई मंसिर ९ गतेभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो। अदालतले मंसिर ११ गतेदेखि अन्तिम सुनुवाइ सुरु गर्ने जनाएको थियो।

मधेस प्रदेशसभाका ७४ जना सांसदले संविधानको धारा १६८ (३) अनुसार सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्ने तत्कालीन प्रदेश प्रमुखको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सर्वोच्चले पहिलो चरणमै मुख्यमन्त्री यादवलाई मुद्दाको टुंगो नलागेसम्म नीतिगत तथा दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

कात्तिक २४ गते तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बिहान झिसमिसेमै बर्दिबासस्थित एउटा होटलमा यादवलाई शपथ गराएपछि विरोध भएको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  ११ : ५७ बजे

पाकिस्तानका हुसेनले तलतले कर्णाली ‘याक्स’बाट एनपिएल खेल्ने

काठमाडौं । पाकिस्तानका ‘अलराउन्डर’ हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल)को

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को

काठमाडौं । नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा

मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी

विश्व पोलियो दिवसका अवसरमा काठमाडौंमा ‘मेगा पोलियो साइकल -याली’ हुने

काठमाडौं । विश्व पोलियो दिवसका अवसरमा पोलियो उन्मूलनसम्बन्धी जनचेतना अभिवृद्धि