२४ बैशाख २०८१, सोमबार | May 6, 2024

रातोमाटे–बतासे–काभ्रे हुँदै जाने सडक अझै अवरुद्ध



काभ्रे । दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकामा पर्ने रातोमाटे–बतासे–काभ्रे हुँदै जाने सडक खण्ड अझै अवरुद्ध छ ।
गत साउन ५ र ६ गते आएको अविरल वर्षात्का कारण यहाँ ठूलो पहिरो खसेर सडक अवरुद्ध भइरहेको हो ।

सो सडकखण्ड विस्तार, मर्मत र पर्खाल लगाउने जिम्मा लिएको ठेकेदार कम्पनीले समयमै काम नसक्दा २५ दिनअघिदेखि ठूलो पहिराका कारण गाउँवासीले विभिन्न समस्या भोग्न बाध्य भइरहेको गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले बताए ।

उनले भने, “यहाँ करीब ३०० मिटर लम्बाइ र ५०० देखि ६०० मिटर उचाइबाट पहिराको डल्लो नै खसेर गाउँवासीलाई आवतजावतमा समेत जोखिम भइरहेको छ ।”

सो सडकखण्ड निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले समयमै पहिरो हटाएर करीब ५० वटा जाली भरिदिएर पर्खाल लगाइदिएमा तत्कालै समस्या समाधान हुने दाहालले जानकारी गराए ।

यस्तै महाङ्कालमा बिजुली आउने र जानेक्रम भइरहने हुँदा वडा नं १ उन्यूचौरमा सबस्टेशन बनाई दक्षिण ललितपुरका तीन वटै गाउँपालिकामा वितरण गर्न सकिने दाहालको भनाइ छ ।

यहाँका गाउँपालिकामा नेटको खासै सुविधा नभएकाले विद्यालयस्तरका बालबालिकाका लागि वैकल्पिक शिक्षाको पहुँच पनि पु¥याउन नसकेकामा दाहालले दुःख व्यक्त गरे ।

वडा नं ३ गोटिखेलका २१ घर अझै पनि पहिराको जोखिममा रहेको वडाध्यक्ष गङ्गाराम तिमिल्सिनाले बताए । उनले भने, “यी २१ घरका परिवार पानी पर्दा अन्यत्र बास बस्न जाने र घाम लाग्दा आफ्नै घरमा बस्ने गरिरहेका छन् । गोटिखेलका तीनदेखि चार ठाउँका सहायक बाटो अवरुद्ध हुँदा टाढाटाढासम्म दूध र तरकारी बोकेर टाढासम्म लानुपर्ने बाध्यता अझैसम्म छ ।”

गोटिखेल क्षेत्रमा बिहानबेलुका दुई समय दूध भर्ने चलन रहँदा गाडी घुमाएर दुध लिन जाँदा र ल्याउँदा पनि बाटामै जम्ने गरेको तिमिल्सिनाले बताए ।

कोञ्ज्योसोम गाउँपालिकामा भने हाल पहिराले खासै समस्या पारेको छैन । गाउँपालिका विपत् व्यवस्थापन समितिले फेरि पानी परेर पहिरो जाने कुरालाई ध्यानमा राखी पहिरो हटाउन दुई स्काभेटर तयारी अवस्थामा राखेको उपाध्यक्ष मिङ्मा लामाले बताए ।

उनले भने, “वडा नं २ शङ्खु र ३ नं दलचोकी अन्य वडाभन्दा केही जोखिममा रहेकाले यहाँ प्राविधिक टोली पठाउने व्यवस्थासमेत गरिरहेका छौं ।”

वाग्मती गाउँपालिकामा भने हाललाई खासै समस्या नरहेको वडाध्यक्ष वीरबहादुर लोप्चनले बताए । मुलकभर असारदेखि आइरहेको अविरल वर्षात्का कारण ललितपुर जिल्लामा भने यस वर्ष आजसम्म कुनै मानवीय क्षति भएको छैन ।

ललितपुरका छ पालिकामध्ये यी तीन गाउँपालिका निकै दुर्गम क्षेत्रमा छन् । भौगोगिक विकटताका कारण ती गाउँपालिकाका एक वडाबाट अन्य वडामा जान घण्टौँ हिँड्नुपर्छ ।

एक वडाबाट अन्य वडामा जान घण्टौँ हिँड्नुपर्ने समस्या अन्त्य गराउन यहाँका सबै गाउँपालिकाले गाउँगाउँ सडक पु¥याउने उद्देश्यका साथ लगाएको डोजरका कारण पहिराको जोखिम भइरहेको स्थानीय जनताको भनाइ छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  १० : ५५ बजे

आफूहरूको सम्पत्ति सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई रास्वपाका मन्त्रीहरूको पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा

बुटवलको कालिकानगरबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ

बुटवल । बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ परेका

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान-अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी-२० विश्वकपको

अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र