१० पुस २०८२, बिहिबार | December 25, 2025

स्वर्णिम वाग्लेले कुट्ने धम्की दिएको मुकुल ढकालको आरोप



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा। मुकुल ढकालले आफुलाई उपसभापति स्वर्णिम वाग्लेले कुट्ने धम्की दिएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा ढकालले आफुलाई वाग्लेको सचिवालयबाट पटक पटक फोन गरिएको र आफूसँग बस्ने भाईलाई फोन गरेर कुट्ने धम्कि दिएको आरोप लगाएका छन् ।

उनले भनेका छन्, ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे, फोन उठाइन । मसँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु, त्यसलाई छोड्दिनू!!! लगायत अनेक भनेकाले, हिजै राती इलाकाको डिएसपिलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु ।’

ढकालले एक अन्तर्वार्ताको क्रममा रास्वपा सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्लेले भारतीय विदेशमन्त्रीलाई भेटेपछि आफुहरुलाई देशको नेतृत्व दिएमा नेपाललाई भारतको राज्य वा भुटान जस्तो बनाउन दिन सकिने आफूसँग बताएको विवादित अभिव्यक्ति दिएका थिए । उनको यो अभिव्यक्ति सामाजिक सञ्जाल र मिडियामा भाइरल बनेको छ ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ११ : ०६ बजे

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र

निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न