१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बागमती प्रदेशमा नयाँ सरकार गठनको बाटो खुल्दै



हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी साउनको पहिलो साता नयाँ सरकार निर्माणको मार्ग खुला गर्ने घोषणा गरेका छन्। उनले प्रक्रियागत रूपमा नै नयाँ गठबन्धनलाई सरकार निर्माणको वातावरण तयार गर्ने योजना बनाएको बताए।

मुख्यमन्त्री जम्कट्टेलका अनुसार, विश्वासको मत लिने विषयमा तत्काल मिति तय नगरिएको र सत्ता गठबन्धनका दलहरूबीच छलफल गरेर निर्णय गरिने बताए। उनले भने, ‘आइतबार सरकारमा रहेका दलहरूसँगको छलफलमा विश्वासको मत लिने मितिको बारेमा निर्णय हुन्छ। मैले मिति तय गरेको छैन। साझेदार दलहरूसँगको छलफलपछि संसद सचिवालयमा पत्र पठाउँछु।’

केन्द्रमा माओवादी केन्द्रको सरकारले संसदबाट विश्वासको मत नपाएको र प्रदेशमा पनि प्राप्त नहुने स्पष्ट भएकाले नयाँ सरकार निर्माणका लागि मार्गप्रशस्त गर्न प्रक्रियामा अघि बढेको मुख्यमन्त्रीले जानकारी दिए ।

केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार गठनको तयारी भइरहेको र आइतबार नै नयाँ सरकार गठन हुने सम्भावना रहेकाले सोही अनुसार प्रदेशमा पनि एमाले–कांग्रेस गठबन्धनले सरकार निर्माणको तयारी थाल्ने मुख्यमन्त्री जम्कट्टेलले बताए ।

‘म आफै धेरै समय लिने सोचमा छैन। विश्वासको मत लिएर वा राजीनामा दिए पनि नयाँ सरकार गठनमा मार्गप्रशस्त गर्ने हो’, ‘मुख्यमन्त्री जम्कट्टेलले भने। उनले थपे,’प्रक्रियागत रूपमा सरकार निर्माणको लागि सहज वातावरण तयार हुनेछ।’

मुख्यमन्त्रीका अनुसार, केन्द्रमा सरकार गठन भइसकेपछि मात्र प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने सम्भावना रहेको छ। यस प्रकार, बागमती प्रदेशमा नयाँ सरकार गठनको बाटो क्रमशः खुल्दै गएको देखिन्छ ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  १२ : ०२ बजे

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा