६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

भरतपुर अस्पतालको आकस्मिक कक्ष सिल



चितवन । आकस्मिक कक्षमा कार्यरत एक नर्सलाई कोरोना संक्रमण पुष्टि भएपछि चितवनको भरतपुर अस्पतालको आकस्मिक कक्ष बन्द (सिल) गरिएको छ ।

भरतपुर अस्पतालले सूचना जारी गर्दै अर्को जानकारी नगराएसम्म अस्पतालको आकस्मिक कक्ष सिल गरिएको जनाएको हो ।

नर्समा सङ्क्रमण पुष्टि भएपछि आकस्मिक कक्ष सिल गर्नुपरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले बताएका छन् । त्यहाँ रहेका बिरामीलाई भने अन्य स्थानमा सारिएको छ ।

भरतपुर अस्पतालै कोभिड–१९ प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा ती नर्सलाई संक्रमण पुष्टि भएको थियो ।

भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा बिहीबार परीक्षणमा १६ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । त्यसमध्ये १५ जनाको स्वाव भरतपुर अस्पतालबाटै संकलन गरिएको थियो । एक जनाको भने पुरानो मेडिकल कलेजबाट लिइएको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ९ : २८ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा

साउदीमा ड्रोन आक्रमणबाट एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको