५ भदौ २०८३, शुक्रबार | August 22, 2026

टीकापुर अस्पतालले थाल्यो ‘डाइलिसिस’ सेवा



कैलाली । लामो प्रतीक्षापछि टीकापुर अस्पतालमा ‘हेमोडाइलिसिस’ सेवा सुरु भएको छ । अस्पतालमा गएको असार ३१ गतेदेखि सेवा सुरु भएको हो ।

सेवा सञ्चालनका लागि अस्पतालले रु ४० लाख खर्च भएको अस्पतालका चिकित्सक डा सन्देश पण्डितले बताए। एक विशेषज्ञ चिकित्सक, चार नर्सिङ स्टाफ र दुईजना सहयोगीलाई सेवा सञ्चालनका लागि तालिम दिइएको छ । “फूल फेजमा चलेपछि दैनिक चारजनालाई सहज रूपमा सेवा दिन सकिन्छ”, पण्डितले भने, “फूलफेजमा सञ्चालन हुन केही समय लाग्छ ।”

अस्पतालमा डाइलिसिस सेवा सुरु भएपछि यस क्षेत्रका बिरामीले राहत पाएका छन् । यहाँका बिरामी धनगढी र नेपालगञ्ज जानुपर्ने बाध्यता टरेको छ । कतिपय नेपालगञ्ज र धनगढी जानुपर्ने अवस्था भएकै कारण काठमाडौँ बसेर डाइलिसिस गराउने गरेका छन् । -रासस

 

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  ८ : ४१ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै महासङ्घ रुपन्देही

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको