१८ चैत्र २०८२, बुधबार | April 2, 2026

माइक्रोसफ्टको सर्भर डाउन: विश्वभरका एयरलाइन्स, बैंक र दुरसञ्चार सेवा प्रभावित



काठमाडौँ । माइक्रोसफ्टको सर्भर डाउन भएपछि शुक्रबार विश्वभरका धेरै बैंक, एयरलाइन्स र दूरसञ्चार सेवाको काम अचानक ठप्प भएको छ ।

साथै धेरै टिभी र प्रसारण कम्पनीहरूको प्रसारण पनि बन्द भएको छ । माइक्रोसफ्टको सर्भर डाउन भएका कारण यो समस्या देखिएको हो । माइक्रोसफ्टले यसलाई ठीक गर्न प्रयास गरिरहेको बताएको छ।

सूचना प्रविधि प्रणालीमा खराबीका कारण सिड्नी विमानस्थल र युनाइटेड एयरलाइन्सका जहाजको उडान अवरुद्ध भएको छ ।

अमेरिकाको युनाइटेड, डेल्टा र अमेरिकन एयरलाइन्सले विश्वभर आफ्नो उडान बन्द गरेका छन् । हाल उडानमा रहेका उडानबाहेक अहिले कुनै पनि जहाजले उडान नगर्ने भएका छन् ।

माइक्रोसफ्टले माइक्रोसफ्ट ३६५ एप र अन्य सेवाहरूमा प्रयोगकर्ताहरूलाई समस्या भएको र अहिले समस्याको अनुसन्धानर समाधानको प्रयास गरिरहेको जनाएको छ ।

अहिलेसम्म के समस्या आएको हो भन्ने स्पष्ट नभएपनि अस्ट्रेलियाको गृहमन्त्रालयले ग्लोबल साइबर सेक्युरिटी फर्म क्राउडस्ट्राइकमा समस्या आएको बताएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ४ : ०९ बजे

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग

काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौँ । काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

भोलिबाट एसईई परीक्षा : ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यामिक शिक्षा परीक्षा (एसईई)

राष्ट्रिय सुरक्षाको विषयलाई पुनः परिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर

इरान विरुद्ध अमेरिका-इजरायल युद्ध : अवसर खोज्ने चिनियाँ चुपचाप रणनीति

“जब तपाईंको शत्रुले गल्ती गरिरहेको हुन्छ, उसलाई कहिल्यै अवरोध नगर।”