१६ श्रावण २०८३, शनिबार | August 1, 2026

सिद्धार्थ जेसीजद्धारा १०० जना बिपन्न जनताको कोरोना बीमा



भैरहवा । सिद्धार्थ जेसीजले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का बिपन्न जनताहरुको कोरोना बीमा गरेको छ ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ मा रहेका १ सय जना बिपन्न, रिक्सा चालक तथा दैनिकी ज्यालादारी गरेर जीवन निर्वाह गर्नेहरुलाई पहिलोपटक कोरोना बीमा गरेको सिद्धार्थ जेसीजका अध्यक्ष भुवन राणाले बताए ।

बीमालेख हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष राजनजंग राणाले सिद्धार्थ जेसीजले वडा नम्बर ८ मा ऐतिहासीक काम गर्न सफल भएको बताए । सिद्धार्थ जेसीज २००३ का अध्यक्ष समेत रहेका राणाले सिद्धार्थ जेसीजले ब्यक्तिको नभई बिधिको शासन मान्ने हुँदा बिधिअनुसार नै चल्ने गरेको र चल्नु पर्ने बताए ।

प्रीमियर इन्सुरेन्स कम्पनीबाट १ वर्षको जम्मा ५० हजार रकमको कोरोना बीमा भएको छ कोरोना पोजेटिभ देखिएमा कोरोना पीडितले ५० हजार रुपैयाँ पाउनेछन् ।
सिद्धार्थ जेसीजका अध्यक्ष भुवन राणाले वडा नम्बर ८ का अध्यक्ष राजनजंग राणालाई बीमा लेख हस्तान्तरण गरेको नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष तथा सिद्धार्थ जेसीजका पूर्व अध्यक्ष कमल भण्डारीले बताए ।

बीमा लेख हस्तान्तरण कार्यक्रममा सिद्धार्थ जेसीज २००५ का अध्यक्ष संजिव शर्मा रेग्मी, २०१४ का अध्यक्ष साजन जंग राणा, रोटरी क्लव अफ लुम्बिनी सिद्धार्थनगरका पूर्व अध्यक्षहरु खिम बहादुर कार्की र जितेन्द्र शर्मा लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रम संयोजक सञ्चीत भट्राईको संयोजनमा भएको कार्यक्रममा जेसीआई सिद्धार्थका महासचिव हुमाकान्त भुषालले आस्थापाठ गरेका थिए भने तालिम निर्देशक पंकज यादवले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ६ : ४३ बजे

पोखरामा मनाइयो कोदो दिवस

पोखरा । पोखरामा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ ।

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं । हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा