६ फाल्गुन २०८२, बुधबार | February 19, 2026

ओटीटीमा धेरै हेरिएको फिल्म बन्यो चमकिला



काठमाडौं । २०२४ को पहिलो ६ महिनामा ओटीटी प्लेटफर्ममा धेरै हेरिएका फिल्मको सूची सार्बजनिक भएको छ । ओरम्याक्स मिडियाले २०२४ को पहिलो हाफमा सबैभन्दा धेरै हेरिएका हिन्दी चलचित्रहरूको सूची सार्वजनिक गरेको हो ।

२०२४ को पहिलो ६ महिनामा ओटीटीमा धेरै हेरिएको फिल्म इम्तियाज अलीको फिल्म अमर सिंह चमकिला रहेको छ । फिल्मले अहिलेसम्म १.२९ करोड भ्युज पाएको छ । यस फिल्ममा दिलजीत दोसांझ मुख्य भूमिकामा थिए ।

दोस्रो स्थानमा सारा अली खान, करिश्मा कपूर र विजय वर्मा स्टारर फिल्म मर्डर मुबारक छ, जसलाई स्ट्रिमिङ प्लेटफर्ममा १.२२ करोड मानिसहरूले हेरिसकेका छन् । फिल्ममा पंकज त्रिपाठी पनि मुख्य भूमिकामा रहेका  छन् । त्यस्तै तेस्रो स्थानमा सारा अली खानको ए वतन मेरे वतन है, जसलाई १.१५ करोड भ्युज प्राप्त भएको छ । फिल्ममा सारा अली खान मुख्य भूमिकामा थिइन् ।

त्यस्तै चौथो स्थानमा रहेको फिल्म महाराजको एक करोड ६ लाख भ्यूज रहेको छ । यस फिल्मबाट आमिर खानका छोरा जुनैदले डेब्यु गरेका थिए । त्यस्तै यस सूचीमा पाँचौं फिल्म पटना शुक्ला रहेको छ । यस फिल्मले अहिलेसम्म ९८ लाख भ्यूज पाएको छ । यस फिल्ममा रविना टण्डन पनि लामो समयपछि यो फिल्ममा देखिएकी हुन् ।

गत वर्षको तुलनामा ओटीटीमा चलचित्र हेर्नेको संख्या घटेको रिपोर्टमा उल्लेख छ । सन् २०२३ को मध्यसम्ममा शाहिद कपूरको फिल्म ब्लडी डैडी १.६६ करोड मानिसले हेरेका थिए ।

ओरम्याक्सले भारतभरका सबै ओटीटी प्लेटफर्महरूमा सबैभन्दा धेरै हेरिएका वेब शो र चलचित्रहरूको सूची जारी गर्दछ । यदि दर्शकले कम्तिमा ३० मिनेटको एपिसोड वा चलचित्र हेरेमा त्यसको आधारमा यो डाटा निकालिने ओरम्याक्सले जानाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ९ : ०० बजे

सहिद परिवारले दिए प्रचण्डलाई निर्वाचन खर्च

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुलाई सहिद

नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ : उम्मेदवार पुन

खजुरा । नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर

प्रतिज्ञापत्रबारे सभापति थापासँग भोलि बिहीबार खुला प्रश्नोत्तर

ललितपुर । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज

मतदाताका सुझाव लिंदै पौडेलको टोल भेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का