१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

रोटरी तिलोत्तमा रुपन्देहीले सियारीमा बृहत स्वास्थ्य शिविर गर्ने



बुटवल । रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । क्लबले रुपन्देहीको सियारी गाउँपालिका प्रमुख तथा स्वास्थ्य शाखा प्रमुखसँग अन्तरक्रिया गरेको हो ।

रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको आयोजना तथा रोट्रयाक क्लब अफ तिलोत्तमा रुपन्देही, तिलोत्तमा देवदह र तिलोत्तमा शुद्धोधनको सह आयोजनामा आगामी साता सियारी गाउँपालिकामा हुने बृहत स्वास्थ्य शिविर सम्बन्धमा अन्तरक्रिया आयोजना गरिएको क्लबका अध्यक्ष देवीराम पाण्डेले जानकारी दिए ।

बुटवल जिगतढीमा अवस्थ्ति एडमण्ड सिटी अस्पताको प्राविधिक सहयोग र सियारी गाउँपालीकाको सहकार्यमा हुने बृहत स्वास्थ्य शिविरमा जनरल फिजिसियन, महिला, स्त्री तथा प्रसुती रोग विशेषज्ञ, हार्डजोर्नी, मेरुदण्ड तथा नशारोग विशेषज्ञ, दन्त तथा नेत्र रोग बिशेषज्ञ लगायतका चिकित्सकको उपस्थितीमा बृहत्तर स्वास्थ शिविरको आयोजना गर्न लागिएको क्लबका हेल्थ कमिटी च्यर राजु गुरुङ्गले जानकारी दिए । उनले विभिन्न १० भन्दा बढी बिषयगत चिकित्सकद्धारा सियारी गाउँपालिकामा बृहत्तर रुपमा स्वास्थ्य परिक्षण गर्न लागिएको बताए ।

स्वास्थ्य शिविरमा जनरल फिजिसियन चिकित्क एवं रोटरी क्लब तिलोत्तमा रुपन्देहीका सदस्य रोटरीयन डाक्टर नन्दु पाठक, स्त्री तथा प्रसुति रोग बिशेषज्ञका रुपमा रोटरीयन डाक्टर सतिष रुपाखेती, सँगै हार्डजोर्नी, मेरुदण्ड नशा, बाथ रोग, स्पाइनल तथा जोर्नि प्रत्यारोपण बिशेषज्ञका रुपमा प्रा. डा. प्रकृतिराज कडेल, पेट, छाती मुटु रोग बिषेशष एव जनरल फिजिसियन डा. केशवराज शर्मा, जनरल तथा ल्याप्रोस्कपी सर्जन डा. कमल कार्की, डा. चन्द्रमोहन शाह, डा. रुची गुप्ता लगायतका बिशेषज्ञ चिकित्सकको उपस्थितीमा बृहतर शिविरको आयोजना गर्न लागिएको हो ।

बृहत स्वास्थ्य शिविरका विषयमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सियारी गाउँपालिका प्रमुख थानेश्वर घिमिरेले सियारी गाउँबासीको स्वास्थ्यलाई ध्यानमा राख्दै बृहत्तर स्वास्थ्य शिविरको आयोजना गर्न लागेकोमा क्लवलाई धन्यवाद दिदै पालीकाले आफ्नो तर्पmबाट पुर्ण रुपमा सहयोग गर्ने बताए ।

उनले स्वास्थ्य परिक्षणका लागी अस्पताल धाउनुपर्नेमा स्वयं अस्पताल नै वरिष्ठ चिकित्सकसहित घर आगनमै आउनु सह्रायिन विषय भएको भन्दै उनले स्वास्थ्य शिविरमा निर्धक्कका साथ आफ्ना समस्या चिकित्ससँग राख्दै स्वास्थ्य परिक्षण गराउन आग्रह गरेका छन ।

कार्यक्रममा सियारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर जि।सी, क्लबका पुर्व अध्यक्ष बालकृष्ण अर्याल, गोपाल ज्ञवाली उपाध्यक्ष निराजन पोख्रेल, डा. सतिष रुपाखेती, रोट्रयाक क्लबका अध्यक्ष मोहन खत्री, सन्दिप पौडेल, दिनेश गैरे लगायतले शिविर संचालनका विषयमा महत्वपुर्ण भनाई राखेका थिए । रोटरी अन्तराष्ट्रिय वार्षिक क्यालेन्डर अनुसार जुलाई महिना मातृत्व तथा शिशु स्वास्थ्यको महिना रहेको हुदाँ क्लबले महिला शिशु स्वस्थ्यसँगै बृहत स्वास्थ्य शिविरको आयेजना गरेको क्लबका सचिव अर्जुन प्रसाद आचार्यले बताए ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  १० : ४९ बजे

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार उपचारका

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध

बाँकेमा अखाद्य वस्तुको कारोबार गर्ने दुई व्यवसायीलाई जरिवाना र सजाय

नेपालगन्ज । बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत