१८ भदौ २०८३, बिहिबार | September 3, 2026

बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै



बागमती । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले आज प्रदेशसभामा विश्वासको मत लिन लागेका छन् ।

आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाले विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री लामाले आज प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।

यही साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त लामाले नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका हुन् ।

प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सात, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुईजना प्रदेशसभा सदस्य छन् । जसमध्ये लामा कांग्रेस र एमालेको गठबन्धनबाट मुख्यमन्त्री बनेका हुन् ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ९ : ३८ बजे

मन्त्रिपरिषद्का ७ निर्णय : एडीबीको अनुदान स्वीकार्ने, भदौ २३ गते सार्वजनिक बिदा दिने

काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा

भोटेकोशी बाढी र उद्धार प्रयासबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले काठमाडौंस्थित कूटनीतिक समुदायलाई भोटेकोशी बाढी

नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

संसद् बैठकमै ढले कांग्रेस सांसद खड्का, उपचारका लागि वीर अस्पताल लगियो

काठमाडौं । प्रतिनिधिसभा बैठकका क्रममा नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का

प्रधानमन्त्री शाह र नेकपा नेता वर्षमान पुनबीच भेट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता