४ पुस २०८२, शुक्रबार | December 19, 2025

पूर्वाधारको प्रतीक्षामा सन्तानेश्वर



नेपालगन्ज । धार्मिक पर्यटकीय क्षेत्रका रुपमा चर्चामा आएको बाँकेको नरैनापुरस्थित सन्तानेश्वर मन्दिर पूर्वाधार विकासको पर्खाइमा रहेको छ । साउन महिनामा सन्तानेश्वर मन्दिर पुग्ने धार्मिक पर्यटकको सङ्ख्या बढ्दै गए पनि मन्दिर क्षेत्र पुग्ने सडक, भक्तजन बस्ने विश्रामस्थल, खानेपानी र बिजुलीबत्ती नहुँदा दुःख कष्ट व्यहोर्नुपरेको मन्दिरका मूख्य पुजारी गुरु योगानन्द गिरीले जानकारी दिए ।

“यहाँसम्म आउने बाटो राम्रो छैन, पानी पर्दा भक्तजनलाई ओत लाग्ने आश्रयस्थल छैन”, मुख्य पुजारी गुरु योगानन्द गिरीले भने, “गर्मीको समयमा लामो पैदलयात्रा गरेर आएका भक्तजनलाई खानेपानीको समेत व्यवस्था गर्न सकिएको छैन ।”

नेपालगञ्जदेखि करिब ३० किलोमिटर टाढा पर्ने सन्तानेश्वर मन्दिर पुग्न करिब छ किलोमिटर जङ्गलको कच्ची बाटोमा मोटरसाइकल यात्रा र त्यसपछि करिब दुई किलोमिटर पैदलयात्रा उकालो पहाड चढ्नुपर्छ । पहाडको टाकुरामा सन्तानेश्वर मन्दिर रहेको छ । मन्दिरभन्दा करिब पाँच सय मिटर तल फुसले छाएको कच्ची छाप्रोलाई मन्दिरका मुख्य पुजारी गिरीले आश्रयस्थल बनाएका छन् ।

सन्तानेश्वरमा तत्काललाई खानेपानी, बिजुलीबत्ती र भक्तजनका लागि आश्रयस्थल अत्यावश्यक छ । सन्तानेश्वर मन्दिर क्षेत्रका पूर्वाधार विकासमा स्थानीय सरकारले सहयोग गर्न नसकेको पुजारी गिरीको भनाइ छ । साउनमा सामूहिक रुपमा सन्तानेश्वर मन्दिर पुगेर पूजाआजा गर्नेको यतिबेला दैनिक रुपमा लर्को लाग्ने गरेको छ । सोमबारको दिनमा नेपालको बाँके, बर्दिया, दाङलगायत छिमेकीमुलुक भारतको टाढा टाढाबाट भक्तजन सन्तानेश्वर मन्दिर आउने गरेको पुजारी गिरीले जानकारी दिए ।

साउनको महिनामा सोमबारे ब्रत बसेका महिला तथा युवायुवती दुःख कष्टका साथ सन्तानेश्वर मन्दिर पुगेर पूजाआजा गर्ने प्रचलन बढ्दै गएको छ । पर्यटनको राम्रो सम्भावना बोकेको सन्तानेश्वर मन्दिरमा जाने व्यवस्थित सडक नहुँदा कठिनाइ हुने गरेको नरैनापुरका स्थानीय अगुवा सोहनलाल यादवले जानकारी दिए ।

बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले सन्तानेश्वरमा धार्मिक पर्यटन प्रवद्र्धनका लागि काम गरिने बताए । राप्ती सोनारी गाउँपालिकास्थित भुवर भवानी, नेपालगञ्जको बागेश्वरी र नरैनापुरको सन्तानेश्वर महादेव मन्दिरलाई जोडेर धार्मिक पर्यटन मार्गको काम यसै आर्थिक वर्षमा सुरु गरिने उनको भनाइ छ ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  १ : २६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको