६ माघ २०८२, मंगलबार | January 20, 2026

हमासका वरिष्ठ नेता हानियाको इजरायली हमलामा मृत्यु



तेहरान । हमासले बुधबार नवनिर्वाचित प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी भएको केही क्षणपछि हमासका राजनीतिक विभाग प्रमुख इानियाको इजरायली आक्रमणमा मृत्यु भएको छ ।

“हाम्रो अभियानको प्रमुख मुजाहिद इस्माइल हानिया नयाँ इरानी राष्ट्रपतिको शपथग्रहण समारोहमा भाग लिएपछि तेहरानस्थित उहाँको मुख्यालयमा भएको यहुदी समूहको आक्रमणमा मारिनुभएको छ”, हमासले एक विज्ञप्ति जारी नेता हानियाको मृत्युको पुष्टि गरेको छ ।

इरानको रिभोलुसनरी सुरक्षा गार्डले पनि तेहरानस्थित हानियाको निवासमा आक्रमण हुँदा उहाँसहित एक अङ्गरक्षक मारिएको पुष्टि गरेको छ ।

“तेहरानमा हमास प्रमुख इस्माइल हानियाहको निवासमा आक्रमण हुँदा हमास नेता हानिया र उहाँका एक अङ्गरक्षकको मृत्यु भएको छ”, इस्लामिक रिभोलुसनरी गार्ड निकट समाचार संस्था सेपाहले उल्लेख गरेको छ ।

हानिया मङ्गलबार इरानी राष्ट्रपति मसूद पेजेस्कियनको शपथग्रहण समारोहमा भाग लिन तेहरान आएका थिए ।

इजरायली सेनाले हानियाको मृत्युको सम्बन्धमा कुनै प्रतिक्रिया व्यक्त गरेको छैन ।

सन् २००६ मा प्यालेस्टिनी प्रधानमन्त्री बनेका हानिया सन् २०१७ मा खालिद मेशालको उत्तराधिकारीका रूपमा हमासको राजनीतिक विभागका प्रमुखको रुपमा निर्वाचित भएका थिए ।

व्यावहारिकतावादी मानिने हनिया प्राय टर्की र कतार गरी दुई देशमा निर्वासनमा बस्ने गरेको मानिन्छ ।

हानियाले हमासका प्रतिद्वन्द्वीहरूसहित विभिन्न प्यालेस्टिनी समूहका प्रमुखहसँग राम्रो सम्बन्ध राखेको बताइएको छ ।

इजरायली कब्जाको बिरूद्ध पहिलो प्यालेस्टिनी विद्रोहीको रूपमा सन् १९८७ मा हमासको स्थापना भएदेखि नै उनी यस समूहमा सामेल भएका थिए ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  २ : ०३ बजे

देउवाको क्षेत्र डडेलधुराबाट कांग्रेसले नैनसिंह महरलाई बनायो उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी

मनोनयनको दिनलाई ओलीको सन्देश- ‘भत्किएका सपना आजबाट फेरि जगाउँदै सुन्दर भविष्यको यात्रा सुरु’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको

एमालेले पाल्पा-२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं । नेकपा एमालेले पाल्पा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

नवलपरासी । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा

रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताको समय निर्धारण

बुटवल । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज