१५ माघ २०८२, बिहिबार | January 29, 2026

तीन प्रदेशका नवनियुक्त प्रदेश प्रमुखको शपथ आज



काठमाडौं । बिहीबार बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिँदैछन् । सोमबारको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बागमती, लुम्बिनी र कर्णालीमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को साउन १४ गतेको बैठकको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम बागमती, लुम्बिनी र कर्णालीमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेका हुन् ।

बागमती प्रदेश प्रमुख दीपक देवकोटा, लुम्बिनीका कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीले बिहीबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् । शपथका लागि राष्ट्रपति कार्यालयले साँझ ५ बजेको समय तोकेको छ ।

यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले बागमतीमा यादव शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियारलाई प्रदेश प्रमुख बनाएको थियो । उनीहरूलाई हटाएर कांग्रेस-एमाले गठबन्धनले नयाँ प्रदेश प्रमुख नियुक्त गरेको हो ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  ७ : ५३ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण