११ कार्तिक २०८३, बुधबार | October 28, 2026

भारतबाट अबैधरुपमा नेपाल भित्राईएको एक हजार दुई सय लिटर दूध सशस्त्र प्रहरीबाट नष्ट



नेपालगन्ज । भारतबाट अबैधरुपमा नेपाल ल्याईँदै गरेको एक हजार दुई सय लिटर भारतीय किसानको दूध सशस्त्र प्रहरीले नष्ट गरेको छ । नेपालगन्ज र खडैचा नाकाबाट नेपाल भित्रिएको दूध सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको हो ।

शुक्रबारयता नेपालगन्ज नाकाबाट साढे सात सय लिटर र खडैचा नाकाबाट साढे चार सय लिटर दूध नियन्त्रणमा लिएर नष्ट गरिएको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक बिमल डाँगीले बताए । सशस्त्र प्रहरीले नेपालगन्ज नाका हुँदै भित्रिएको दूध नियन्त्रणमा लिए लगत्तै भारतीय प्रहरीले गरीवको दूध भएकाले छोडिदिन भन्दै दवाब मुलक आग्रह गरेको बताइएको छ । दूध समातेर क्वारेन्टाइनमा प्रक्रियामा मिलाएर नष्ट गर्ने क्रममा भारतीय प्रहरीले नेपाल प्रहरीसँग गरीवको दूध भएकाले छोडिदिन आग्रह गरेको प्रहरी स्रोतले जनाएको छ ।

नेपाल सरकारले भारतबाट दूध तथा दुग्धजन्य पदार्थ ल्याउन प्रतिबन्ध लगाएको भन्दै नेपाल तर्फबाट भारतीय प्रहरीको आग्रह अस्वीकार गरिएको स्रोतको दाबी छ । सरकारले प्रतिबन्ध लगाएपनि भारतीय दूध दैनिक ठूलो परिमाणमा भित्रिरहेको व्यवसायीहरुले गुनासो गर्दै आएका छन् । बाँके दुग्ध व्यवसायी संघका कार्यवाहक सचिव चेतनारायण शर्माले भारतीय दूध भित्रिएका कारण नेपालका किसान मारमा परेको बताए । नेपालको तर्फबाट ध्यान नदिँदा भारतीय दूध मुख्य नाकाबाटै भित्रिने गरेको छ । साइकलमा क्यान राखेर दूध ल्याउने गरिएको भन्दै व्यवसायीले सुरक्षा निकाय, भन्सार, क्वारेन्टाइनबाट मुख्य नाकामै निगरानी गरिए भारतीय दूध रोकिने बताउँछन् ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ८ : ५९ बजे

मुस्ताङ र आसपासका क्षेत्रमा तीन दिन पदयात्रा नगर्न प्रशासनको आग्रह

मुस्ताङ । मौसम प्रतिकूल हुने सम्भावना रहेकाले यही कात्तिक १२

चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

दाङ । बंगालको खाडीमा विकसित ‘अर्नाव’ चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका

भोजपुरमा धान थन्क्याउन कामदार अभाव, युवा पलायनले किसान मर्कामा

भोजपुर । गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी र सहरतर्फ पलायन

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके । वर्षायाममा बन्द गरिएको जङ्गल सफारी पुनः सञ्चालनमा आएसँगै

वीरगञ्ज भन्सारले असोजमा उठायो २६ अर्ब ७२ करोड राजस्व

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले असोज महिनामा २६ अर्ब ७२