२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

मान्छेलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा



चितवन । नारायणी नदी किनारमा मान्छेलाई आक्रमण गरेको बाघ नियन्त्रणमा लिइएको छ । दिनभर नियन्त्रणमा लिने प्रयास गरिएको भएपनि साँझ अबेर मात्रै बाघलाई डार्ट गरेर नियन्त्रणमा लिइएको हो ।

नारायणगढस्थित मानव बस्ती नजिक नारायणी किनारमा रहेको अन्दाजी पाँच वर्षको भाले बाघलाई नियन्त्रणमा लिइएको चितवन राष्ट्रिय निकुञ्जका बरिष्ठ भेटेनरी चिकित्सक डा विजयकुमार श्रेष्ठले जानकारी दिए । निकुञ्जका तीनवटा हात्तीको सहयोगमा बाघलाई घेरा हालेर नियन्त्रणमा लिइएको हो ।

आज दिउँसो दुईवटा हात्ती त्रसियर भागेपछि थप हात्ती ल्याएर बाघ नियन्त्रणमा लिइएको हो । डार्ट गरिएको बाघलाई सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको खोरमा लगेर राखिने उनले जानकारी दिए ।

नारायणी नदी किनारमा नदीमा मिसिनु अघि ढललाई प्रशोधन गर्न बनाइएको ट्याङ्क रहेको क्षेत्रको नर्कटको झाडीबाट निकुञ्जका कर्मचारी, प्रहरी प्रशासनको सक्रियतामा बाघलाई नियन्त्रणमा लिईएको हो ।

उक्त बाघले आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २ बेलटाँडीका ६० वर्षिय पशुपति श्रेष्ठलाई आक्रमण गरेको थियो । बाघको आक्रमणबाट घाइते श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  १० : ४२ बजे

संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीश नियुक्तिबारे छलफल हुने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा आज संवैधानिक परिषद्को बैठक

चितवन मेडिकल कलेजले काठमाडौं र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

चितवन । चितवन मेडिकल कलेज (सिएमसी)ले संघीय राजधानि काठमाडौंको तीनकुने

एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

इलाम । सामाजिक सञ्जालमा ‘अव्यवस्थित बसोबासी हटाइने’ भन्ने हल्ला चलेपछि

बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन

मुस्ताङ । हाल मुस्ताङ भ्रमण गर्ने सबैभन्दा अनकूल याम चलिरहेको

आज तेस्रो प्रदेश भाषा दिवस, वाग्मती प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं । वाग्मती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस