२७ भदौ २०८३, शनिबार | September 12, 2026

रुपन्देहीका अग्रज पत्रकार चेतन पन्तको निधन



भैरहवा । रुपन्देहीका अग्रज पत्रकार चेतन पन्तको निधन भएको छ । विगत २ वर्षदेखि क्यान्सर रोगबाट ग्रसित पन्तको सिद्धार्थनगर नगरपालिका-६ दुर्गा कलोनीस्थित आफ्नै निवासमा निधन भएको हो ।

६६ वर्षको उमेरमा निधन भएका पत्रकार पन्तको आज बिहान ९ बजे सिद्धार्थनगर-१२ स्थित स्वर्गद्वारी घाटमा अन्तिम दाहसंस्कार गरिने उनको पारिवारिक स्रोतले जनाएको छ ।

३६ वर्ष पत्रकारिता क्षेत्रमा बिताएका पन्तले पत्रकारिताको माध्यमबाट विश्वभर लुम्बिनी र बौद्ध क्षेत्रहरु चिनाउन सन् २०१० मा बुद्धिस्ट साइट्स डटकम नामक वेबसाइट र चेतन पन्त नामक युट्युव च्यानलबाट आफ्नै लगानीमा वृत्तचित्र निर्माण गरी प्रसारण गर्दै आएका थिए ।

२०४५ सालदेखि पत्रकारितामा आबद्ध उनले नेपाल टेलिभिजन, इमेज टेलिभिजन, स्पेसटाइम नेटवर्क लगायतका सञ्चारमाध्यममा काम गरेका थिए ।

पछिल्लो एक दशकयता पन्त लुम्बिनीको प्रचार अभियान्ताका रुपमा सक्रिय थिए । पन्तले सञ्चालन गरेको वेबसाइटमा लुम्बिनी, कपिलवस्तु, रामग्राम लगायत भारतका समेत बुद्ध र बुद्धको जीवनीसँग सम्बन्धित क्षेत्रहरुका वृत्तचित्रहरु नेपाली र अंग्रेजी भाषामा राखिएका छन् ।

पन्तले अमेरिकाकै सानफ्रान्सिको शहरको बे खाडी क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरुलाई लुम्बिनीका बारेमा प्रशिक्षण दिँदै आएका थिए ।

‘जहाँ गए पनि, जहाँ बसे पनि लुम्बिनी र नेपाल चिनाउने मेरो एउटै उद्देश्य` भन्ने नारा चलाएर पन्तले लुम्बिनी प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष आयोजना गर्दा अमेरिकामा त्यसको प्रचार प्रसारमा सक्रिय थिए ।

पिता नगेन्द्र प्रसाद पन्त र आमा इन्द्रकुमारी पन्तका ५ भाई छोरा र २ छोरीमध्ये उनी जेठा हुन् । पन्तका एक श्रीमती गंगा पन्त र दुई छोराहरु उमंग र उत्सव पन्त छन् । स्वर्गीय पन्तको भैरहवास्थित स्वर्गद्धारी घाटमा आजै अन्तेष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ७ : ४० बजे

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

काभ्रे । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म काठमाडौं

पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर

कास्की । पोखरा महानगरपालिकापालिको पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास

धादिङको परेवाटार-मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ । भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

छाडा चौपाया व्यवस्थापनसँगै आम्दानी गर्दै गौशाला

धनगढी । छाडा पशुचौपायाको व्यवस्थापनको लागि सञ्चालनमा रहेको कैलालीको धनगढी

आम्दानीको स्रोत बन्यो रातो च्याउ

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका-३ मुनाका नगेन मगर हिजोआज जङ्गलमा