२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

चितवनको भरतपुर अस्पतालका मेसुसहित वरिष्ठ चिकित्सकहरुलाई कोरोना संक्रमण



चितवन । चितवनस्थित भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई नै कोरोना भाइरसको संक्रमण भएको छ ।

भरतपुर अस्पतालका मेसु डा. श्रीराम तिवारीसहित ३ जना वरिष्ठ चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

शनिबार राति भरतपुरअस्पतालको कोभिड–१९ प्रयोगशालामा चार सय ७४ जनाको नमूना परीक्षण गर्दा मेसु तिवारीसहित अस्पतालको स्त्री तथा प्रसूति रोग विभागका प्रमुख प्राडा. सुनिलमणि पोखरेल र आकस्मिक कक्षका चिकित्सक डा. कृपा पौडेललाई कोरोना संक्रमण पुष्टि भएको हो।

उनीहरुसति कुल २८ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये २७ जना चितवनका र एक जना सर्लाहीका रहेका छन् । संक्रमितमा वीपी कोइराला क्यान्सर अस्पतालका पाँच जना नर्ससमेत रहेका छन्। भरतपुर महानगरपालिकाका मात्रै २१ जना संक्रमित देखिएका छन् ।

संक्रमित मेसु डा. तिवारी अस्पतालकै आइसोलेसन वार्डमा बसेका छन् । संक्रमित चिकित्सकहरुको अवस्था सामान्य रहेको भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिएका छन् ।

अस्पतालका फ्रन्टलाइनमा खटिएका वरिष्ठ चिकित्सकहरुमै संक्रमण देखिएपछि सेवा प्रभावित हुने भएको छ । अहिले, चिकित्सक र नर्सको म्पर्कमा आएकाहरुको कन्ट्याक्क ट्रेसिङ गर्ने काम सुरु भएको छ । यद्यपी, अस्पतालका अन्य वरिष्ठ चिकित्सकहरुको संयोजनमा दैनिक कार्य हुने भरतपुर अस्पतालले जनाएको छ ।

भरतपुर अस्पतालको आइसोलेसन कक्षमा यसअघि ३६ जना संक्रमित राखिएका थिए । अस्पताल बाहिर होम क्वारेन्टाइनमा १३ जना छन् ।

भरतपुरमा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्न थालेपछि महानगरपालिकाले निषेधाज्ञा लगाएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ९ : ०६ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात