२७ भदौ २०८३, शनिबार | September 12, 2026

राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) लुम्बिनी प्रदेश गठन : अध्यक्षमा गौडेल



बुटवल । लुम्बिनी प्रदेशका शैक्षिक परामर्शदाताहरुका भेलाले राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) लुम्बिनी प्रदेश गठन गरेको छ । शनिबार रुपन्देहीमा सम्पन्न परामर्शदाताहरुको भेलाबाट गणेश गौडेलको अध्यक्षतामा १३ सदस्यीय प्रदेश समिति गठन भएको हो ।

जसको उपाध्यक्ष सुशील पाण्डे, सचीव नारायण पोख्रेल, सह-सचीव आषिका पोख्रेल, कोषाध्यक्ष सन्तोष पाण्डे, सदस्यहरुमा आयुष सापकोटा, धिरज ज्ञवाली, दुर्गा प्रसाद पन्थी, विकास पन्थी, अनिष विक्रम सेञ्चुरी, माधव बञ्जाडे, सुनिल चौधरी, योगेश ढकाल रहेका छन ।

कार्यक्रममा नवनिर्वाचित प्रदेशका अध्यक्ष गणेश गौडेलले परामर्शदाताहरुलाई एकतावद्घ गर्दै संस्थागत रुपमा ब्यवस्थित गर्दै अघि बढ्ने प्रतिवद्घता जनाए । केहि परामर्शदाताका कारण समग्र पेशा ब्यवसायमा आएको चुनौतीलाई चिर्ने गरि काम गर्ने उनले बताए ।

कार्यक्रमको लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको उप-सचीव दिवाकर भण्डारीले कार्यक्रमको उद्घाटन गर्दै संस्थागत एकता र अधिकारी प्राप्तीमा लाग्न सुझाव दिए ।

कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष सुर्य पोखरेलले विशुद्ध परामर्शदाताहरुको हकहितमा काम गर्ने संस्थाको रुपमा पहिचान बनाएको दाबी गरे । सदस्यहरुलाई नियमित तालिम र अभिमुखिकरणलाई जोड दिदै सहि परामर्श दिन प्रोत्साहन गर्दै आएको उनले बताए । संस्था विगतबाट नै सरकार र सरोकारवाला निकायसंग सहकार्य गर्ने हुदा पनि सधै विश्वसनिय काम गर्ने उनले बताए ।

कार्यक्रममा नेका केन्द्रीय अध्यक्ष सन्तोष प्याकुरेल, केन्द्रीय महासचिव दिपक कोईराला, लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका अधिकृत विष्णुप्रसाद भुषाल, पूर्व क्रिकेटर शक्ति गौचन, नारायण पौडेल, विकास भण्डारी लगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ५ : २२ बजे

धादिङको परेवाटार-मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ । भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

छाडा चौपाया व्यवस्थापनसँगै आम्दानी गर्दै गौशाला

धनगढी । छाडा पशुचौपायाको व्यवस्थापनको लागि सञ्चालनमा रहेको कैलालीको धनगढी

आम्दानीको स्रोत बन्यो रातो च्याउ

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका-३ मुनाका नगेन मगर हिजोआज जङ्गलमा

आज विश्व प्राथमिक उपचार दिवस

काठमाडौं । विश्व प्राथमिक उपचार दिवस आज ‘बसाइँसराइको सन्दर्भमा प्राथमिक

एसिसी प्रिमियर कप फाइनलमा नेपालले टस जितेर ब्याटिङ रोज्यो

काठमाडौं । एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले संयुक्त