१६ माघ २०८२, शुक्रबार | January 31, 2026

क्रसर उद्योग महासङ्घद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल क्रसर तथा खानी उद्योग व्यावसायी महासङ्घले आफ्ना उद्योगहरुको नवीकरणमा उत्पन्न समस्याबारे आज ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा महासङ्घका अध्यक्ष सीताराम न्यौपानेसहितका प्रतिनिधिले दर्ता भएको सात सय क्रसर तथा बालुवा उद्योगलाई विगतकै मापदण्डका आधारमा नवीकरण गराउन माग गरेका हुन् ।

वातावरणसम्बन्धी मापदण्ड, २०५४ र उद्योगका लागि दूरीसम्बन्धी मापदण्ड, २०७१ का आधारमा ती उद्योग सञ्चालन भएकामा २०७७ सालमा संशोधित मापदण्डले नवीकरणमा कठिनाइ भएको महासङ्घले जनाएको छ ।

महासङ्घले उद्योगहरुको नवीकरण नहुँदा करिब रु चार अर्ब लगानी डुब्ने अवस्थामा रहेकाले विगतमा दर्ता भएका उद्योगलाई कर दस्तुर लिई पुरानै मापदण्डका आधारमा नवीकरण गराउन र व्यावहारिक एवं नयाँ मापदण्ड ल्याउन माग गरेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ४ : ०० बजे

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

बुटवल । न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलअन्तर्गतको न्यू होराइजन स्पोर्ट्स

जबरजस्ती करणी गरेको अभियोगमा खजुराका एक युवक पक्राउ

नेपालगन्ज । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके

बाँके-३ का उम्मेदवार सुनारलाई रास्वपाबाट आफ्ना अभिव्यक्तिमा मर्यादा कायम राख्न निर्देशन

काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी