३२ असार २०८३, बिहिबार | July 16, 2026

मोवाइल संघ रुपन्देहीको अध्यक्षमा शिवदेव अर्याल



बुटवल । मोबाइल ब्यवसायीहरुको संस्था बुटवल मोवाइल संघ रूपन्देहीको तेस्रो बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । आगामी कार्यकालका लागि शिवदेव अर्यालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै तेस्रो बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको हो ।

साधारणसभाको उदघाटनसत्रमा बोल्ने वक्ताहरुले मोवाइलको सहि सदुपयोग गर्नुपर्ने औंल्याए । उनीहरुले मोवाइलको दुरुपयोग भए जीवन नै समाप्त हुन सक्ने भन्दै साइबर सुरक्षालाइ ध्यान दिन आग्रह गरे ।

सभाको उदघाटन गर्दै नेपाल मोवाईल महासंघका कार्यबाहक अध्यक्ष श्यामसुन्दर नगरकोटीले देशभरका ब्यबसायीलाइ एक बनाएर अघि बढ्ने र ब्यवसायमैत्री वातावरण निर्माणका लागि सरकारलाइ दबाब दिने प्रतिबद्धता व्यक्त गरे ।

संघका रुपन्देही अध्यक्ष बिष्णु ज्ञवालीले आफ्नो कार्यकालमा संस्थाको जग बसेको बताउँदै अब नियमित काम गरेर संघलाइ थप स्थापित बनाउने जिम्मा नयाँ साथीहरुको काँधमा पुगेको बताए ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी बिजयराज पण्डितले मोवाइल संबेदनशील डिभाइस भएकाले सजग भएर चलाउनुपर्ने बताए ।

कार्यक्रममा नेपाल मोवाईल महासंघका सहकोषाध्यक्ष लभ श्रेष्ठ, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि अर्याल, रूपन्देही बिद्युतिय ब्यवसायी संघका अध्यक्ष शान्तराज खनाललगायतले ब्यबसायीका हक हितका लागि सरकारले ध्यान दिन नसकेको गुनासो गरेका थिए ।

सो अवसरमा खेलाडी कृतिका मरासीनी तथा सहयोगी ब्याक्तित्वहरु, संघका नयाँ सदस्यहरुलाइ समेत सम्मान गरिएको थियो । अधिवेशनले आगामी कार्यकालका लागि शिवदेव अर्यालको अध्यक्षतामा आजै नयाँ नेतृत्व चयन गरेको छ ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा विकास गौतम, उपाध्यक्षमा दिपेन्द्र पाण्डे ,महासचिवमा सालिक राम क्षेत्री ,कोषाध्यक्षमा भुवन पाण्डे, सचिवमा पुरुषोत्तम खनाल ,साथै सह कोषाध्यक्षमा ऋषिराम न्यौपाने ,लगायत कार्यसमिति सदस्यमा निर्विरोध निर्वाचित भएका छ्न् ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ९ : २३ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना