२२ भदौ २०८३, सोमबार | September 7, 2026

काठमाडौंबाट पौने चार करोडको कोकिनसहित दुई जना पक्राउ



काठमाडौं । काठमाडौंबाट प्रहरीले कोकिनसहित तान्जानियन नागरिकलाई पक्राउ गरेको छ। तान्जानियन नागरिकसँग रहेको कोकिन भारततर्फ लैजान आएकी भारतीय महिलासमेत पक्राउ परेकी छिन्। प्रहरीले सोमबार नयाँ बानेश्वरस्थित दुई अलग होटलबाट कोकिनसहित भरिया र भारतीय महिलालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा तान्जानियन नागरिक ५८ वर्षीय जुमा अब्दुल्ला एमजी र भारतीय महिला के जुचोबेनी सोपोई रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको कोटेश्वरको टोलीले सुरूमा तान्जानियन नागरिकलाई होटलबाट पक्राउ गरेको थियो। उनीमाथि प्रारम्भिक अनुसन्धान गर्दा कोकिन लिन आएकी महिला अर्को होटलबाट पक्राउ परेकी थिइन्।

ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यका अनुसार जुमाले बोकेको झोलाभित्र एक किलो १०४ ग्राम कोकिन बरामद भएको थियो।

बरामद भएको कोकिनको अवैध बजार मूल्य तीन करोड ८७ लाख हुन आउँछ।

तान्जानियन नागरिकले कोकिन निलेर आएका थिए। होटलबाट आएर दिसाबाट ‘अनलोड’ गरी भारतीय महिलालाई बुझाउने तयारी गरिरहेका थिए। एसएसपी आचार्यका अनुसार तान्जानियन नागरिक इथियोपियाबाट दुबई हुँदै नेपाल आएका थिए। दुबईबाट कतार एयरको जहाजमा आइतबार मात्रै आएर उनी होटलमा बसेका थिए।

आइतबार नै भारतीय महिला बागडोग्रा एयरपोर्टमा उत्रिएर बस चढेर काठमाडौं आइपुगेकी थिइन्। उनी स्थलमार्गबाटै कोकिन लिएर भारत जान लागेकी थिइन्।

दुबैमाथि लागुऔषध नियन्त्रण ऐन अनुसार जिल्ला अदालत काठमाडौंबाट थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ। ती महिला भरियाले कसलाई लागुऔषध बुझाउन लागेकी थिइन् भन्ने खुलेको छैन।

गत साउन २३ गते मात्रै लाटभिएन नागरिक ५१ वर्षीय इभार्स भाल्टर्स ६ किलो २४ ग्राम कोकिनसहित पक्राउ परेका थिए। उक्त कोकिनको अवैध बजार मूल्य २१ करोड ८ लाख रुपैयाँ हुन आउँछ। लाट्भियाबाट फ्रान्स हुँदै दुबई ट्रान्जिट भएर ती नागरिक काठमाडौं आइपुगेका थिए।

दक्षिण अमेरिकी मुलुकबाट भरियाहरू कोकिन बोकेर आउने गरेकोमा प्रहरीले पहिलोपटक युरोपियन नागरिकलाई पक्राउ गरेको थियो।

 

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ६ : ५१ बजे

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा बाँकेमा दीप प्रज्वलन

नेपालगन्ज । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर