२६ बैशाख २०८१, बुधबार | May 8, 2024

रुपन्देहीमा कोरोना संक्रमितको संख्या ४६४ पुग्यो, आइतबार मात्रै थपिए २६ जना



बुटवल । रुपन्देहीमा आइतबार २६ जना कोरोना संक्रमित थपिएका छन । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ४ सय ६४ पुगेको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आइतबार बेलुका ५ बजेसम्म रुपन्देहीका ६ पालिकाका २६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका फोकल पर्सन केदारनाथ साहले जानकारी दिए ।

उनका अनुसार बुटवल उपमहानगरपालिका ४ जना, सिद्धार्थनगरका ८ जना, तिलोत्तमाका ७, सियारीका ३, ओमसतियाका १ र मायादेवीका ३ जनामा संक्रमण देखिएको छ ।

आइतबार बढेका संक्रमितसहित रुपन्देहीको पालिका स्तरमा लुम्बिनी सांस्कृतिक नगरपलिकामा ६१, तिलोत्तमा नगरपालिका ५७, बुटवल उपमहानगरपालिकामा ६२ संक्रमित पुगेका छन् ।

यसैगरी, सैनामैनामा ४३, सिद्धार्थनगरमा ५६, सम्मरीमाईमा २७, गैडहवामा २६, कोटहीमाईमा २६, कञ्चनमा २४ संक्रमित पुष्टि भएको छ ।

यस्तै, मायादेवीमा २०, देवदहमा १७, मर्चवारीमा १५, रोहिणीमा ८, शुद्धोधनमा ८, सियारीमा १०, ओमसतियामा २ र रुपन्देही बस्ने ठेगाना नखुलेको १ जनामा संक्रमण देखिएको छ ।

संक्रमण देखिएसँगै रुपन्देहीका धेरै पालिकाहरुले स्थानीयस्तरमा निषेधाज्ञा र लकडाउन घोषणा गरेका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ५ : ०७ बजे

शिक्षण छाडेर पशुपालनमा रमाइरहेका गोपाल

दाङ । दाङको घोराही उपमहानगरपालिका-२ रामपुर निवासी ३४ वर्षीय गोपाल

कांग्रेसको पदाधिकारी एवं पूर्वपदाधिकारीहरूको बैठक बस्दै

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको वर्तमान पदाधिकारी एवं पूर्वपदाधिकारीहरूको

सांसद सुहाङ नेम्वाङद्वारा शपथ

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य सुहाङ नेम्वाङले आज पद तथा

आगामी आवको बजेट नयाँ ढङ्गबाट आउँछ : प्रधानमन्त्री

सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति

गर्मी छल्न पानीको सहारा : भैरहवाका वाटरपार्कमा नेपालीसहित भारतीयको भिड

भैरहवा । सन्तकविर नगरका हनि सिंह साथीहरु सँग भैरहवाको एक्वा