२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

रुपन्देहीमा कोरोना संक्रमितको संख्या ४६४ पुग्यो, आइतबार मात्रै थपिए २६ जना



बुटवल । रुपन्देहीमा आइतबार २६ जना कोरोना संक्रमित थपिएका छन । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ४ सय ६४ पुगेको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आइतबार बेलुका ५ बजेसम्म रुपन्देहीका ६ पालिकाका २६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका फोकल पर्सन केदारनाथ साहले जानकारी दिए ।

उनका अनुसार बुटवल उपमहानगरपालिका ४ जना, सिद्धार्थनगरका ८ जना, तिलोत्तमाका ७, सियारीका ३, ओमसतियाका १ र मायादेवीका ३ जनामा संक्रमण देखिएको छ ।

आइतबार बढेका संक्रमितसहित रुपन्देहीको पालिका स्तरमा लुम्बिनी सांस्कृतिक नगरपलिकामा ६१, तिलोत्तमा नगरपालिका ५७, बुटवल उपमहानगरपालिकामा ६२ संक्रमित पुगेका छन् ।

यसैगरी, सैनामैनामा ४३, सिद्धार्थनगरमा ५६, सम्मरीमाईमा २७, गैडहवामा २६, कोटहीमाईमा २६, कञ्चनमा २४ संक्रमित पुष्टि भएको छ ।

यस्तै, मायादेवीमा २०, देवदहमा १७, मर्चवारीमा १५, रोहिणीमा ८, शुद्धोधनमा ८, सियारीमा १०, ओमसतियामा २ र रुपन्देही बस्ने ठेगाना नखुलेको १ जनामा संक्रमण देखिएको छ ।

संक्रमण देखिएसँगै रुपन्देहीका धेरै पालिकाहरुले स्थानीयस्तरमा निषेधाज्ञा र लकडाउन घोषणा गरेका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ५ : ०७ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात