१० कार्तिक २०८३, मंगलबार | October 28, 2026

एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त मर्जरमा जाने, देशको सवैभन्दा ठूलो लघुवित्त बन्ने लक्ष सहित पुसबाट एकीकृत कारोबार हुने



काठमाडौं । एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त मर्जरमा जाने भएका छन् । दुवै लघुवित्तले आइतबार एक समारोहका बीच मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन ।

मर्जर सम्बन्धी उक्त समझदारीपत्रमा एनआईसी एशिया लघुवित्तकोे तर्फबाट संस्थाका अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्तकोे तर्फबाट संस्थाका अध्यक्ष लालमणी जोेशीले हस्ताक्षर गरेका छन् । मर्जर हुने दुबै संस्थाहरु नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरका संस्थाहरु हुन ।

कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एनआईसी एशिया लघुवित्तका १२० शाखा संचालनमा रहेका छन् । यस्तै प्रदेश १ स्थित सुनसरीको इटहरीमा रजिष्टर्ड कार्यालय रहेको स्वदेशी लघुवित्तका ८५ शाखा संचालनमा रहेका छन् ।

मर्जरपछि कुल शाखा संख्या २०५ शाखा हुनेछ । यस्तै एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट मिति २०७७ साल पौष महिनाको पहिलो हप्ता भित्रमा एकीकृत कारोबार हुने भएको छ ।

साथै देशकै सबैभन्दा ठूलो शाखा संजाल र चुक्ता पूँजी भएको एक सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुनेछ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ७ : १५ बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको