३ श्रावण २०८३, आइतबार | July 19, 2026

सेती नदी जलविद्युत् आयोजनाको ‘वेट टेष्ट’ सुभारम्भ



पोखरा । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा निर्माण गरिएको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको आज ‘वेट टेष्ट’ (पानी भरेर परीक्षण तथा टर्वाइन घुमाउने) कार्यको सुरुआत गरिएको छ ।

माछापुच्छ्रे गाउँपालिका–२ को सार्दिखोलाको भराभरीस्थित राजबगरमा रहेको आयोजनाको ‘हेडवर्कस्’ मा विधिवत् पूजा गरेर ‘वेट टेष्ट’ को औपचारिक सुरुआत गरिएको हो ।

भिजन लुम्बिनी ऊर्जा कम्पनीद्वारा प्रवर्द्धन गरिएको सेती नदी जलविद्युत् आयोजनाको निर्माण कार्य सकिएपछि बाँधस्थलबाट ‘पेनस्टक पाइप’मा पानी पठाएर परीक्षण सुरु भएको हो । ‘वेट टेष्ट’को कार्य तीन दिनभित्रमा पूरा हुने बताइन्छ ।

आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा ट्रान्समिसन लाइन निर्माणको सम्पूर्ण काम सकिएपछि ड्राइ टेष्टपछि ‘वेट टेष्ट’ सुरु गरिएको आयोजनाका प्रबन्धक इञ्जिनियर लेखनाथ पाण्डेले जानकारी दिए । उनले आगामी दुई साताभित्रमा परीक्षण उत्पादन सुरु हुने जानकारी दिए । परियोजना प्रबन्धक पाण्डेले भने, “आयोजनाको स्ट्रक्चर र मेसिनरीतर्फको सबै काम सकेर आजदेखि ‘वेट टेष्ट’ सुरु गरेका छौँ । अबको दुई साताभित्रमा परीक्षण उत्पादन सुरु गर्छौँ ।”

सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरेर सेतीको पेनस्टक पाइपमार्फत ल्याइएको छ । सो पानी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत ल्याएर एक सय ८७ मिटर उचाइबाट चिन्तेबगरमा रहेको पावर हाउसमा खसालेर विद्युत् उत्पादन गरिनेछ ।

विद्युत्गृहमा रहेका १२ दशमलव पाँच मेगावाट क्षमताका दुई वटा टर्वाइनमा खसालिनेछ । सो आयोजना नदी जलप्रवाहमा आधारित छ । भिजन लुम्बिनी ऊर्जा कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलले आयोजना सम्पन्न गर्नका लागि स्थानीयवासी तथा स्थानीय सरकारलगायतबाट ठूलो सहयोग मिलेको बताए । उनले स्थानीयवासीको सानो सानो पुँजी लगानीले आयोजना निर्माण भएको बताए ।

उनले भने, “आयोजनाको निर्माण सकिएर ‘वेट टेष्ट’ सम्म आइपुग्दा अति नै खुसी भएका छौँ । आयोजना निर्माणमा ठूलो समस्या आएन । यो आयोजना गण्डकी प्रदेशसहित समग्र नेपालको जलविद्युत्का क्षेत्रमा महत्त्वपूर्ण परियोजना बन्नेछ ।”

सेती नदी जलविद्युत् आयोजनामा रु पाँच अर्बभन्दा बढी लगानी भएको छ । यसमा तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् । अन्य लगानी प्रवर्द्धक, स्थानीयवासी तथा आइपिओ जारी गरेर जुटाइएको हो । सेती नदी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकमा रहेको नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनमा जडान हुनेछ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ९ : ३१ बजे

श्रीलंका भ्रमण सफलतापूर्वक सम्पन्न गरी प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व सङ्कलन

चितवन । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चितवन राष्ट्रिय

संसदमा भूमिका प्रभावकारी बनाउन एमालेद्वारा सांसदलाई प्रशिक्षण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसद्मा आफ्नो भूमिकालाई प्रभावकारी

‘लिन्याक मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब

सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा

काठमाडौं । बितेका २४ घण्टामा सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा