६ आश्विन २०८३, मंगलबार | September 23, 2026

बङ्गलादेशका राजदुतले गरे राष्ट्रपति भण्डारीसँग बिदाई भेट



काठमाडौं । नेपालका लागि जनगणतन्त्र बङ्‌गलादेशका राजदूत मासफिबिन्टे शामस् आइतबार राष्ट्रपति बिद्यादेवीभण्डारी समक्ष शिष्टाचार बिदाइ भेट गरेका छन् ।

बिदाई भेटका अवसरमा राष्ट्रपति भण्डारीबाट राजदुत शामस्लाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नु भएकोमा बधाई दिँदै भविष्यमा नेपाल र बङ्‌गलादेश बीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी थिईन् । कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले नेपाल र बंगलादेशलाई प्रकृतिले दिएको स्रोत र साधनलाई दुवै मुलुकको विकास र समृद्धिका लागि सदुपयोग गर्न सहकार्य गर्नुपर्ने कुरा उल्लेख गरिन् । उनले एक छिमेकी मित्रराष्ट्रका रूपमा नेपालले बङ्‌लादेशसँगको सम्बन्धलाई सधैँ उच्च महत्व दिएको बताईन्।

भण्डारीले यही वर्ष बंगलादेशका राष्ट्रपिता बंगबन्धुको सयौं वार्षिकोत्सव भएकोले सम्पूर्ण बङ्‌गलादेशी जनतालाई बधाई तथा शुभकामना पनि दिएकी थिईन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ७ : ३२ बजे

महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी

न्युयोर्क । संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभाअन्तर्गतको उच्चस्तरीय राजनीतिक बहस

जेनजी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका सहिद परिवार तथा गम्भीर र

कांग्रेसको नेतृत्वमा गगनको विकल्प छैन : उपसभापति भुसाल

अर्घाखाँची । नेपाली कांग्रेसका उपसभापति पुष्पा भुसालले पार्टीको नेतृत्वमा गगनकुमार

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौँ । जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला

बुधवारबाटै नेपालमा वर्षाको क्रम बढ्दैजाने

काठमाडौं । भोलि (बुधबार,७-असोज) बाटै नेपालमा वर्षा हुने क्रम बढ्दै