४ चैत्र २०८२, बुधबार | March 18, 2026

स्याङजा (गल्याङ)-रुपन्देही समाजद्वारा मानवसेवा आश्राममा भोजन



बुटवल । स्याङजा (गल्याङ)-रुपन्देही सम्पर्क समाजले मानवसेवा आश्राम तिलोत्तमा-६ मा एक दिने भोजन कार्यक्रम सम्पन गरेको छ । सेवा नै धर्म हो भन्ने उद्देश्यसहित स्याङजा जिल्ला गल्याङ नगरपालिकाबाट रुपन्देहीमा बसोबास गर्ने मानिसहरुबीच गठन भएको सम्पर्क समाजले पहिलो कार्यक्रम मानवीय सेवाबाट सुरु गरेको हो ।

एक दिने खाना खुवाउने कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष जनक कुमार श्रेष्ठले संस्थाको काम जन्मथलोबाट रोजगारी अध्ययनको क्रममा रुपन्देही जिल्लाका विभिन्न ठाउँहरुमा बसोबास गर्ने मानिसहरुलाई एकीकृत गर्दै जाने र उनीहरुको लागि साथ र सहयोगमा हौसला प्रदान गर्ने रहेको बताए ।

अध्यक्ष श्रेष्ठले भने संस्थाहरुले वृद्ध, अशाय र असक्त परिवारबिहीनहरुको एक छाक खाना खुवाउने कार्यक्रमबाट सेवा सुरु गरेको बताएका थिए ।

समाजका वरिष्ठ उपाध्यक्ष एस पी खडका ९शुनिल०ले समाज स्थापना भएसँगै गल्याङबाट बसाईसराई गरेर रुपन्देही आसपास बसोबास गर्ने मानिसहरुमा उत्साह जगाएको बताए । उनले समाजलाई मानवीय सेवामा सर्मपण गर्दै अगाडी लैजाने समेत प्रतिवद्धता जनाए ।

मानव सेवा आश्रम तिलोत्तमा-६ का संयोजक बिष्णु भुजेलले आश्रममा रहेका असक्तहरुलाई सहयोग गरेकोमा धन्यवाद दिइन । साथै आगामी दिनहरुमा निरन्तर सहयोग हुनेमा आफु विश्वस्त रहेको बताइन । समाजका सचिव पिताम्बर अर्यालले समाजले आगामी दिनमा पनि रचनात्मक काम गर्ने जनाए ।

प्रकाशित मिति : २ भदौ २०८१, आइतबार  ७ : ३० बजे

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

नेपालगन्ज । बाँकेमा डढेलो नियन्त्रणका लागि ‘आगो नियन्त्रण दस्ता’ निर्माण

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : पदस्थापन देखि प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेर

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बढुवा भएका कर्मचारीहरुको

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् ।

दलका नेताहरुलाई बोलाएर धन्यवाद् दिने कार्यलाई प्रधानमन्त्रीको निरन्तरता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलका नेताहरुलाई प्रधानमन्त्री निवास

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी