२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

नाइजेरियामा अपहरणमा परेका २० मेडिकल स्टुडेन्स अझै भएनन अपहरण मुक्त, फिरौंती बुझाउनु पर्ने सर्त



अफ्रिका । नाइजेरियाका सुरक्षाकर्मीले अपहरणमा परेका २० मेडिकल बिद्यार्थीलाई सकुशल फिर्ता ल्याउनका लागि पहल गरिरहेका छन् । नाइजेरियाली पुलिस र सुरक्षा एजेन्सीहरूले देशको पूर्वी भागमा अपहरणमा परेका २० मेडिकल विद्यार्थीहरूको रिहाइ सुरक्षित गर्न काम गरिरहेको जनाएका हुन् ।

मेडिकल विद्यार्थीहरू वार्षिक सम्मेलनमा भाग लिन जाँदै गर्दा बिहीबार साँझ बेनु राज्यमा अपहरणमा परेका थिए । क्याथोलिक मेडिकल एण्ड डेन्टल स्टुडेन्ट्सको महासंघले एक विज्ञप्ति जारी गर्दै विद्यार्थीहरू एनुगु सहरमा आयोजित सम्मेलनमा जाँदै गर्दा उनीहरूलाई अपहरण गरिएको हो ।

नाइजेरियन मेडिकल स्टुडेन्ट्स एसोसिएसनका महासचिव फर्च्युन ओलेले दुई विश्वविद्यालयका २० मेडिकल विद्यार्थी र उनीहरूसँगै यात्रा गरिरहेका एक डाक्टरलाई अपहरण गरिएको जानकारी दिएका थिए । उनीहरुको रिहाइको बदलामा फिरौती मागेको जनाइएको छ ।

नाइजेरियन मेडिकल एसोसिएसनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा मा पोस्ट गरेको प्रहरी महानिरीक्षकलाई पत्रमा  महासचिव बेन्जामिन एग्बोले अपहरणमा परेका १२ विद्यार्थी जोस विश्वविद्यालयका र आठ जना मैदुगुरी विश्वविद्यालयका रहेको बताए ।

प्रकाशित मिति : २ भदौ २०८१, आइतबार  २ : २९ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री