२८ चैत्र २०८२, शनिबार | April 11, 2026

कोरोनाले ग्रामीण भारतमा विनाशलिला मच्याउन सक्ने, आधा जनसंख्या उच्च जोखिममा



भारतको ग्रामीण क्षेत्रमा साठी करोड भन्दा बढी मानिस बसोबास गर्छन् । जोसँग न त कोरोना भाइरसको परीक्षण गराउने पहुँच छ, न उ उपचार सुविधा नै प्राप्त गर्न सक्छन् ।

भारतीय अधिकारीहरु अब यी ६० करोड बढी नागरिकमा कोरोना संक्रमण फैलिन डरले तनाबमा रहेका छन् ।

नेशनल फेमिली हेल्थ सर्भे ४ को तथ्यांक अनुसार भारतको ग्रामीण बसोबास गर्ने २५ प्रतिशत जनतासँग मात्रै सार्वजनिक स्वास्थ्य सेवामा पहुँच छ ।

त्यसो त भारतमा वृद्धवृद्धाको ७० प्रतिशत संख्या गाउँमै रहेको छ । यो संख्याप्रति अहिले भारतीय अधिकारीहरु सबैभन्दा बढी चिन्तामा छन् ।
स्वास्थ्य सेवा प्राप्त नहुने कारण गाउँमा धेरै मानिस गम्भीर बिरामीको उपचार गराउन सक्दैनन् । यस्तो अवस्थामा माहामारीको उपचार समेत समयमा हुँदैन ।

भारतका वरिष्ठ महामारी रोग विशेषज्ञ जयप्रकाश मुलियितका अनुसार भारतको कमसेकम आधा जनसंख्यामा कोरोना संक्रमण फैलिन डर छ ।

द गार्जियनसँग कुरा गर्दै उनले भनेका छन् कि भारतको ग्रामीण क्षेत्रमा पहिल्यै कैयौं मानिस घातक रोगको शिकार भैरहेका छन्, जसले सामान्य उपचारसेवा समेत पाएका थिएनन् ।

मुलियित भन्छन्, ‘यो समुह एवं वृद्धवृद्धा कोरोना भाइरसको संक्रमणमा आउने खतरा निकै बढी छ । सीमित सेवा सुविधाको कारण परिवारले आफ्ना वृद्धवद्धा आमाबाबुलाई अस्पताल लैजान सक्दैनन् । उनीहरुलाई मर्नकै लागि छोडिदिन्छन् । यो ग्रामीण भारतको यथार्थता हो, जहाँ औषत आयु ६५ वर्ष मात्र रहेको छ । ’

मुलियितका अनुसार भारतका कैयौं जिल्ला दस हजार वर्ग किलोमीटर भन्दा पनि ठूलो क्षेत्रफलमा फैलिएका छन् । यस्तो क्षेत्रमा मानवीय त्रासदीको पुरै तस्विर कहिल्यै देखिँदैन या आयो भने पनि निकै ढिला गरी आउँछ ।

ग्रामीण क्षेत्रमा डर
सार्वजनिक स्वास्थ्य विशेषज्ञका अनुसार ग्रामीण भारतमा जुन ढंगले महामारी फैलिन्छ त्यो शहरको तुलनामा बिल्कुल फरक हुनेछ ।

शहरमा निश्चित रुपमा संक्रमण तिब्र गतिमा फैलिरहेको छ तर त्यहाँ डाक्टर एवं स्वास्थ्यकर्मीसँग महामारी विरुद्ध लड्न साधनस्रोत उपलब्ध छ । भारतमा ८० प्रतिशत डाक्टर र ६० प्रतिशत अस्पताल शहरमै रहेका छन् ।

२० करोड भन्दा बढी जनसंख्या भएको राज्य उत्तर प्रदेश एवं १० करोड भन्दा बढी जनसंख्या भएको बिहारमा अवस्था निकै खतरनाक हुनसक्छ । दुवै राज्यको सार्वजनिक स्वास्थ्य सेवा निकै चिन्ताजनक अवस्थामा रहेको छ ।

भारतमा सबैभन्दा धेरै गरिब राज्यमा एक रहेको बिहामा ३० प्रतिशतभन्दा बढी मानिस गरिबीको रेखामुनि रहेका छन् । बिहारको ९० प्रतिशत भन्दा बढी जनसंख्या गाउँमै बसोबास गर्छन् ।

२०१९ को नेशनल हेल्थ प्रोफाइलको तथ्यांकअनुसार बिहारमा हरेक १० हजार जनसंख्याका लागि सिर्फ एक बेड र चार डाक्टर उपलब्ध छन् । राज्यमा जब भाइरल, ज्वरो या डेंगु फैलिन्छ तब पनि स्वास्थ्य सेवाको हालत खराब बन्छ ।

उत्तर प्रदेश सरकारका अनुसार यस समय प्रदेशमा कोरोना संक्रमणका लागि १३५ अस्पताल रहेका छन् । सरकारले ठूलो संख्यामा परीक्षण गर्ने लक्ष्य राखेको छ, तर अहिलेसम्म पनि संक्रमणको पुरै तस्विर आइसकेको छैन । -बीबीसी

प्रकाशित मिति : १ भदौ २०७७, सोमबार  ९ : १७ बजे

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको सोवाङधुरी पर्यटक र

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र