२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

नक्कली छोरी बनेर भैरहवामा करोडौंको घरजग्गा हडप्ने प्रयास



भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-६ का दाजुभाइ लालजित मल्लाह र सन्त मल्लाहको जग्गा हडप्न खोजेको पाइएको छ । निःसन्तान सुखु मल्लाहको मृत्युपछि अदालतको फैसलाबाट उनको सम्पत्ति दाइ फौदार मल्लाहका लालजित र सन्त मल्लाहको नाममा गएको थियो । आफूहरुलाई छोरीहरु दावी गर्ने मालती मल्लाहीन र रिखीदेवी मल्लाहले आफूहरुको सम्पत्ति हडप्ने खोजेको लालजित र सन्तको आरोप छ ।

लालजित र सन्त मल्लाहका बुवाहरु दुइभाइ हुन् । लालजित र सन्तका बुवा फौदार हुन् भने काका सुखु मल्लाह । काका सुख’ र काकी कपुतरीका कोखबाट सन्तान नभएपछि उनीहरुका बुवा फौदारको २०७७ जेठ ८ र आमा झिनाको भने १० वर्ष अघि नै मृत्यु भइसकेको छ । काका सुखुको २०७८ असार १७ र काकी कपुतरी मल्लाहको २०७७ माघ १० मृत्यु भयो । सन्तान नभएकाले सुख र कपुतरीको सहारा लालजित र सन्त बनेका थिए । ‘दुखबिरामी हुँदा, औषधी उपचारदेखि मृत्युपछिका सम्पूर्ण संस्कार हामी दुइभाइले गरेका हौं’, बिहीबार भैरहवामा पत्रकार सम्मेलन गर्दै सन्तले भने, बुवाआमा र काकाकाकी बाचुञ्जेल कसैको दावी थिएन । तर मृत्युपछि एकाएक मालती र रिखीदेवी छोरी बनेर सम्पत्ति खान लागे ।’

बुवाआमा र काकाकाकीको मृत्युपछि लालजित र सन्तले निसन्तान भएको भन्दै काकाको नाममा रहेको जायजेथा आफूहरुका नाममा लिनका लागि रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता गरे। अदालतले २०७८ कार्तिक १५ गते फौदार र सुखुको नाममा रहेको जमिन लालजित र सन्तको नाममा जाने फैसला गन्यो ।

अंशवण्डा गरेर उनीहरुले सबै जायजेथा दुइभाइका नाममा गराए । ‘त्यसपछि एकाएक २०७८ फागुन १० गते हाम्रो घरमा अंश मुद्दा परेको भन्दै जिल्ला अदालत, रुपन्देहीले म्याद पठायो । म्याद बुझेर हामी अदालत गयौं । यसपछि बल्ल थाहा भयो, काका सुखुको छोरी बनेर अंशका लागि सिद्धार्थनगरकी रिखीदेवी मल्लाह अग्रवाल र मायादेवी गाउँपालिका-३ की मालती मल्लाहले मुद्दा हालेका हुन्,’सन्तले भने, ‘जबकि काका सुखुको सन्ताने जन्मिएका थिएनन् । एकाएक अर्कै दुई महिलाले अदालतमा अंश मुद्दा दायर गरे पछि हामी अन्यायमा पन्यौ र अदालत र प्रशासन धाउन थाल्यो।’ अंश मुद्दा हाल्ने रिखीदेवी र मालतीले सुखुको दुई श्रीमती रहेको दावी गरेका थिए । रिखीदेवीले सुखुको पहिलो श्रीमती कपुतरी र मालतीले दोस्रो श्रीमती फूलभरी मल्लाहको छोरी भएको दावी गरेका थिए । अदालतमा मुद्दा परेपछि लालजित र सन्तले जिल्ला प्रशासनमा मालती र रिखीदेवीको नागरिकता खारेजी मुद्दा दिएका थिए । तर, प्रशासनले जाँचबुझ नगरेको लालजितको आरोप छ ।

‘पहिला पनि सर्जमिन भएको रहेछ, पीडितहरुले पुनः तामेली जगाउन भन्दै निवेदन दिनुभयो, यसबारे हामीले बुझ्यौं र दर्ता गर्यौं’, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने, ‘त्यसपछि पुनः प्रहरी मार्फत् वडा कार्यालयमा गएर सम्बन्धित ठाउँमा सर्जमिन गरेर आएको छ । अहिले अनुसन्धान हुँदैछ ।’ उनका अनुसार केही तथ्यहरु र कागजात फेला परेपछि रिखीदेवी र मालतीको नागरिकताबारे अनुसन्धान हुदैछ ।

प्रकाशित मिति : ७ भदौ २०८१, शुक्रबार  २ : ४६ बजे

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

त्रिवेणी । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ मा

राहुघाट-पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

म्याग्दी । रघुगङ्गा गाउँपालिका-३ राहुघाटदेखि पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

गगनलाई राजीनामा नदिन चन्द्र भण्डारीको सुझाव, भने- “भाग्ने होइन, कांग्रेस बचाउने समय” हो   

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा पार्टीको पराजयपछि नैतिक जिम्मेवारी लिँदै सभापति

रूपन्देहीका विभिन्न स्थानबाट अवैध भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रणमा

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले अवैध रूपमा भन्सार छली

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फ एक करोड दुई लाख ५३ मतगणना, रास्वपा अग्रस्थानमा

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई