१५ माघ २०८२, बिहिबार | January 30, 2026

खजुरामा १९ औं तीज महोत्सव हुने, तयारीलाई तीब्र पारियो



खजुरा । विगत १८ वर्षदेखि निरन्तर तीज महोत्सवको आयोजना हुँदै आएको बाँकेको खजुरामा यस वर्ष पनि तीज महोत्सवको १९ औं सृङ्खला हुने भएको छ । यस वर्ष धार्मिक पर्यटनको केन्द्र बनाउने उद्देश्य सहित खजुरामा संकल्प गरिएको लक्ष्मीनाराण दिब्यधामको निर्माण सहयोगार्थ महोत्सव गर्न लागिएको आयोजकले लक्ष्मी नारायण मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

पश्चिम नेपाल कै एकमात्र विराट लक्ष्मीनारायण दिब्यधाम निर्माणको सहयोगार्थ महिलाहरुको महान पर्व हरितालिका तीजका अवसरमा १९ औ तीज महोत्सव २०८१ गर्न लागिएको समितिका अध्यक्ष शिवराज श्रेष्ठले बताए ।

परापूर्वकाल देखि खजुरामा हुँदै आएको तीजको जमघटलाई विगत १८ वर्षदेखि महोत्सवकारुपमा खजुरामा आयोजना गरिँदै आएको स्मरण गर्दै अध्यक्ष श्रेष्ठले यसवर्षको महोत्सव धार्मिक उद्देश्य र मौलिकता प्रवर्द्धनमा केन्द्रीत हुने बताए । ‘यस वर्ष पनि विगतलाई निरन्तरता दिँदै पश्चिम नेपालकै पहिलो प्रयासकारुपमा विराट लक्ष्मीनारायण दिब्यधाम निर्माणको उद्देश्य राखेर तीज महोत्सव गर्दैछौं ।’ उनले भने ।

हराउँदै गएको मौलिकतालाई जोगाउन यसवर्ष पूर्णरुपमा मौलिक सामुहिक तीज नृत्य र मौलिक सामुहिक गीत प्रतियोगिता राखिएको सांस्कृतिक समितिका संयोजक मानबहादुर भण्डारीले बताए । तीजका नाममा आएका छाडा र उच्सृङ्खल गीत संगीतले समाजमा बिकृत्ति उत्पन्न गरेको बताउँदै भण्डारीले खजुराको महोत्सवमा मौलिकता र परम्पराको झल्को पस्किने प्रयास गरिने जानकारी दिए ।

यसवर्षको महोत्सवको सहयोग पूर्णरुपमा धार्मिक कार्यमा लगानी हुने भएकाले मन फुकाएर सहयोग गर्न आर्थिक समितिका संयोजक विजय बुढाथोकीले आह्वान गरे । दाताहरुले सहयोग गर्ने एक एक रुपैयाँ लक्ष्मीनारायणधाम निर्माणमा प्रयोग गरिने उनले बताए । उनले समाजमा विशिष्ट योगदान गर्ने ब्यक्तित्वलाई सम्मान गरिने जनाउँदै मौलिक भेषभुषामा आउने दर्शकबाट समेत एकजनालाई पुरस्कृत गरिने बताए ।

यसवर्ष स्टल राख्ने उद्योगी ब्यवसायीलाई आयोजकले स्थानको ब्यवस्था गरिने जानकारी दिँदै आयोजक समितिका सदस्य सचिव सुरेश खत्रीले हजारों महिला दिदीबहिनीहरुकाबीच आआफ्नो उत्पादनको प्रचार गर्न पनि सकिने बताए । त्यससँगै मौलिक र रैथाने परिकारका स्टलहरुबाट परम्परागत खानाको स्वाद समेत महोत्सवमा उपलब्ध हुने उनले जनाए ।

तीजका दिन (भाद्र २१) गते १ दिन संचालन हुने महोत्सवमा लाखे नाच, स्थानीय कलाकारहरुको अप्रतियोगी गीत तथा नाच पनि प्रदर्शन हुने आयोजकले जनाएको छ । तीज महोत्सवमा हरेक वर्ष खजुरामा स्वस्फुर्त हजारौंका संख्यामा महिला पुरुषको जमघट हुने गरेको छ ।

प्रकाशित मिति : ८ भदौ २०८१, शनिबार  ४ : २२ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला