३२ असार २०८३, बिहिबार | July 16, 2026

मास्क लगाउन अनुरोध गर्दा कपिलवस्तुमा प्रहरी कुटिए



कपिलवस्तु । कपिलवस्तुको शुद्धोदन गाउँपालिकाको लवनी चौराहामा मास्क नलगाएर हिँडने युवालाई मास्क लगाउन अनुरोध गर्दा ६ जना प्रहरी कुटिएका छन् ।

प्रहरी चौकी लवनीमा प्रहरी नायव निरीक्षक बिनोद कुमार बरुन सहित ६ जनामाथि कुटपिट भएको हो ।

कुटपिटमा ३ जना गम्भिर घाइते भएका छन भने ३ जना समान्य घाइते भएका छन् ।

गम्भिर घाइते प्रहरीलाई उपचारको लागी क्रिमसन अस्पताल लगिएको प्रहरी नायव उपरीक्षक सुनिल मल्लले बताएका छन् ।

घटनाको विवरण बुझ्दा मास्क नलगाइ साइकलमा आएका २ जनालाई मास्क लगाएर चलाउन अनुरोध गरेका थिए ।

प्रहरीले सम्झाई बुझाई घर पठाए पनि गाउँबाट ७ ,८ जना लाई बोलाई एक्कासी आक्रमण गरिएको मल्लले जानकारी दिएका छन ।

घाइतेमा प्रहरी हवल्दार विनोद कुमार बरुन, प्रहरी जवानहरु जियावन कोहार र महेन्द्र यादव रहेका छन् ।

घटनापछि लवनीमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । आरापीको पहिचान भइसकेको र उनीहरुको खोजी कार्य भइरहेको मल्लले बताएका छन् ।

प्रकाशित मिति : १ भदौ २०७७, सोमबार  ७ : ३० बजे

मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

मुस्ताङ । मुस्ताङ प्रहरीले भन्सार छली गरी पोखरातर्फ लैजाँदै गरिएको

आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा

इलाम । इलामको जस्बिरे चिया प्रशोधन उद्योगले पछिल्लो समय आफ्नो

रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

लमजुङ । लमजुङका धेरै ग्रामीण बस्ती अहिले सुनसान बन्दै गएका

म्याग्दीका वनमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

नवलपुर । देशकै कान्छो जिल्ला नवलपुरमा निर्माणाधीन नमूना जिल्ला सदरमुकामको